राज्य पुर्नसंरचना आयोगमा आफूले लाए अर् हाएको व्यक्ति ल्याउन माओवादी काँग्रेस एमाले र मधेश केन्द्रित दलवीच लुछाचुँडी गरिररहेका छन् । उनीहरुवीचको लुछाचुँडी कै कारण मंसिर ५ गते भित्र राज्य पुर्नसंरचना आयोग गठन हुन सकेन । गत महिना भएको सात बुँदे सहमतिमा मंसिर ५ गते भित्र आयोग बनाईसक्ने उल्लेख छ ।
दलहरुवीच ९ सदस्यीय आयोग बनाउने विषयमा सहमति जुटेको छ । त्यस मध्ये तीन पार्टी र मधेश केन्द्रित दलवीच दुई दुई सदस्य बाँडेर लिने विषयमा कुरा मिलेको छ । आयोगको अध्यक्ष भने आफ्नै पार्टीले लाए अर् हाएको व्यक्तिलाई राख्न तीन दलको कसरत जारी छ ।
आयोगमा रहने व्यक्तिहरुमा पिताम्बर शर्मा, कृष्ण हाक्षेथु, विमल कोइराला, वालकृष्ण माबुहाङ, पद्मरत्न तुलाधर, कुलचन्द्र गौतम, माणिकलाल श्रेष्ठ, मिना वैद्य, गणेशमान गुरुङ्ग लगायतको नाममा चर्चामा छ ।
