
रामु रेश्मी मगर
राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषदलाई एक युवाले रु. ३५ हजार बराबरको ब्रान्डेड कम्प्युटर प्रदान गरेका छन् । पाल्पा मस्याम ७ का रामु रेश्मी मगरले पार्टी केन्द्रिय कार्यालयमा कम्प्युटर हस्तान्तरण गरेका हुन ।
राजमुपाको पाल्पा जिल्ला सदस्य तथा युवा मोर्चाका वैकल्पिक केन्द्रिय सदस्य समेत रहेका रेश्मी मगरले राज्यसत्तासँग भने, ‘पैसा भएर होइन पिछड्याइएको समुदायको मुक्तिका लागि संघर्षरत पार्टी भएकाले सहयोग गरेको हुँ । चोथौ महाधिवेशनपछि देखिएको उत्साहमा थोरै भए पनि सहयोग पुग्ने आशा लिएको छु ।’
यसअघि पनि राजमुपालाई विभिन्न व्यक्ति तथा संघसंस्थाले फर्निचर, कम्प्युटर, ल्यापटप लगाएत सहयोग प्रदान गरेका थिए । सो पार्टी कार्यालयबाट उपलब्ध तथ्याँक अनुसार सहयोगीहरु यसप्रकार छन् ।
राजमुपा युके शाखा रु ४०००० (फर्निचर)
रामु रेश्मी मगर (पाल्पा) रु ३५००० (कम्प्युटर)
भरत थापा (राजमुपा युके शाखा अध्यक्ष) रु ३५००० (ल्यापटप)
राजमुपा कास्की र स्याङ्जा (संयुक्त) रु २१००० (फर्निचर)
हिमाली राना/भीम राना (युके) रु १३५०० (कार्यालय व्यवस्थापन)
इन्द्रबहादुर झेंडी (व्यवसायी) रु १२००० (कुसर्ी)
खिम गुरुङ्ग (शंकरनगर, रुपन्देही) रु ११००० (टिभी)
बोम दर्लामी (केस रा.यु.मोर्चा) रु१०००० (पि्रन्टर)
राष्ट्रिय सैनिक संघ, रुपन्देही रु ९००० (दराज )
कर्णबहादुर थापा (सदस्य, संघीय सभा) रु ७००० (फर्निचर)
तुलबहादुर सारु (पाल्पा) रु.५५०० (स्टिल दराज)
कृष्णबहादुर राना (अध्यक्ष, रा. भू. सै. संघ) रु ४५०० (फर्निचर)
क्या. दुर्गाप्रसाद गुरुङ्ग (महासचिव, रा.भू.सै.संघ) रु ४००० (फर्निचर)
