जनजाति संयुक्त संघर्ष समितिको भेला

Read Time:1 Minute, 50 Second

आदिवासी जनजाति संयुक्त संघर्ष समितिको भेला काठमाडौको राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ । नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चितताको मुद्दामा छलफल गर्न मंसिर ५ गते भेला आयोजना गरिएको हो ।

भेलामा बोल्दै काँग्रेस नेता आईबी गुरुङ्गले माओवादी काँग्रेस र एमालेका वाहुन नेताहरुले आदिवासी जनजातिलाई अधिकार नदिने षडयन्त्र गरेको बताए । एमालेका विजय सुब्बा गुरुङ्गले आदिवासी जनजातिहरु एक भएर आवाज उठाउन सकेन भने भावी सन्ततिले कुकुरले नपाएको दुख पाउने उल्लेख गरे ।

एमाओवादी नेता सुरेश आले मगर साचालक रहेको भेलामा एमाओवादी सचिव अग्नि सापकोटा अन्तिम वत्ता रहेका थिए । सापकोटाले आदिवासी जनजातिको भन्दा दलित समुदायको पीडा गम्भिर भएकाले जनजातिलाई भन्दा दलितलाई पहिला अधिकार दिनुपर्नेमा जोड दिए ।

नेवा तम्सालिङ्ग संयुक्त संघर्ष समिति व्यवस्थापन सहयोगी रहेको भेलामा ताम्सालिङ्ग नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङ्गले धन्यवाद ज्ञापन गरेका थिए ।

मल्ल के सुन्दरको स्वागत मन्तब्यबाट शुरु भएको भेलामा कार्यक्रममा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग प्रमुख अतिथि रहेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %