प्रमुख दलका नेताहरुले संधैजसो वैठकपछि सुनाउने निर्णय हुन्छ सहमति गर्ने सहमति । यसपटकको निर्णय पनि त्यो भन्दा भिन्न छैन उनीहरुवीचको छलफलमा छलफल गर्ने नै सहमति भएको छ । एमाओवादी काँग्रेस र एमाले नेताहरुको मंसिर ४ गतेको बैठकमा राज्य पुनःसंरचना आयोगको विषयमा टुँगो लगाउन अर्को वैठक बस्ने सहमति भएको हो ।
सिँहदरबारस्थित शान्ति मन्त्रालयमा बसेको बैठकमा संयुक्त मधेसी मोर्चासँग पनि छलफल गरिने र प्रत्येक पार्टीले आयोगमा राखिने विज्ञ सदस्यहरुको नाम तय गरी भोलिको बैठकबाट निर्णय लिइने बैठकपछि नेताहरुले बताएका छन् । बैठकपछि साचारकर्मीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टीहरु गम्भीर भई शान्ति प्रकि्रया र संविधान निर्माणमा अघि बढेको बताए ।
