राजमुपा फेरी संघर्षमा

Read Time:1 Minute, 52 Second

भाका अभियान सम्पन्न भए लगत्तै राष्टिय जनुमुक्ति पार्टीले अर्को संघर्षको कार्यक्रम शुरु गरेको छ । मंसिर ३ गते सम्पन्न राजमुपा संघीय परिषद वैठकले तीन महिने संघर्षको कार्यक्रम घोषणा गरेको सो पार्टीका महासचिव केशव सूर्यवंशीले जानकारी दिएका छन् ।

राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातीक प्रतिनिधित्व, संघीयता र धर्मनिरपेक्षताको प्रत्याभूतिका लागि आन्दोलन गर्न लागेको महासचिव सूर्यवंशीले बताए । उनका अनुसार भ्रष्टचारको अन्त्य नयाँ संविधान निर्माण र शान्ति प्रकि्रया टुँग्याउन दवाव दिने उद्देश्यले तीन महिने अभियान शुरु गरिएको हो ।

संवैधानिक प्रावधान अनुसार राज्यपुर्नसंरचना आयोग बनाउने कुराको समेत सो पार्टीले स्वागत गरेको छ । संघीय परिषदको वैठक मंसिर १ गतेदेखि ललिपतुरस्थित पार्टी मुख्यालयमा बसेको थियो ।

फागुनमा राष्टिय सम्मेलन 

राष्टिय जनमुक्ति पार्टीको १० औं राष्टिय सम्मेलन आगामी फागुन २७, २८ र २९ गते हुने भएको छ । सम्मेलनका लागि आवश्यक तयारी तत्काल शुरु गरिने महासचिवले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । जनमुक्तिमा महाधिवेशनपछि राष्टिय सम्मेलनलाई शक्तिशाली अंग मानिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %