विन्देश्वरी फर्निचर इण्डष्ट्रिजले तमु िधं नेपाल मिस तमु २०११ लाई ब्राण्ड एम्बेष्डर बनाउने भएको छ । २०३७ देखि सुन्दरनगरी पोखरा औधोगिक क्षेत्रबाट अत्याधुनिक फर्निचरहरुको उत्पादन तथा विक्रीवितरण गर्दै आएको विन्देश्वरी फर्निचरले मिस तमु २०११ लाई एक वर्षका लागि ब्राण्ड एम्बेसडरमा अनुबन्ध गर्ने भएको हो ।
ब्राण्ड एम्बेष्डर सहित एक लाख रुपैयाँ प्रदान गर्ने विन्देश्वश्वरी फर्निचरका निर्देशक लक्ष्मण तमुले जानकारी दिए । तमु िधं नेपालका अध्यक्ष कर्म तमु, केन्द्रिय सदस्य सरस्वती र विन्देश्वरी फर्निचरका निर्देशकहरु लक्ष्मण तमु, दिलकाजी तमु प्रेम बराल विच सहमति भएको छ ।
मिस तमुले व्यापारिक प्रतिष्ठानको ब्राण्ड एम्बेष्डरको अवसर पाउदा आफुहरु अत्यन्त हर्षित भएको तमु िधं नेपाल मिस तमु २०११ का संयोजक भरतमान तमुको प्रतिकि्रया छ । यता मिस तमुलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउदा व्यवसायिक विस्तारका लागि सहज हुने विन्देश्वरी फर्निचरका निर्देशक लक्ष्मण तमुको अपेक्षा छ ।
हुम तमु\पोखरा
