नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल विकास बैंकका तत्कालीन कार्यकारी अध्यक्ष अमर गुरुङलाई पक्राउ गरेको छ । नेपाल विकास बैंकलाई घाटा लगेको अभियोगनमा उनलाई मंसिर २ गते महागन्जबाट पक्राउ गरेको हो ।
गुरुङले सुरक्षणको अत्यधिक मूल्याङकन गरी कर्जा स्वीकृत गरेको, ऋण चुक्ता नहँदै धितोमा रहेको सम्पत्ति फुकुवा गरेको र सो बैंकबाट रु ३६ करोड ५७ लाख २७३ ठगी गरेको आरोप राष्ट्र बैंकले लगाएको छ ।
तर स्मरणीय कुरा के छ भने नेपाल विकास बैंक भन्दा धेरै गुणा बढी खराब अवस्था भएका बैंकलाई भने कारवाहीको दायरा ल्याइएको छैन । नेपाल विकास बैंक गुरुङ्ग तथा उत्तम पुन लगायतका जनजातिहरुले साचालन गरेको बैंकको हो ।
जनजातिले साचालन गरेको गोर्खा विकास बैंकलाई कारवाहीको तारो बनाइएको घट्ना पनि पुरानो भएको छैन ।
