राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदद्वारा आयोजित भाका अभियान सम्पन्न भएको छ । सो पार्टीद्वारा आयोजित तीन महिने भाका अभियान कार्तिक ३० गते राजधानीमा आयोजित नागरिकसभा गरेर सम्पन्न भएको हो ।
नेपाली जनताको अधिकार स्थापित गर्ने उद्देश्यले साचालित भाका अभियान अपेक्षाकृत सफल भएको अभियानका संयोजक तथा राजमुपा उपाध्यक्ष रविन्द्र सुनारले जानकारी दिएका छन् । भाकाले पार्टी गतिशिल बनाउने काम समेत गरेको सुनारले बताए । केही पार्टीले चुनावमा धेरै भोट ल्याउने गरेको भएपनि नेपाल र नेपालीको हितमा निरन्तर खटेको निर्विकल्प पार्टी्रको रुपमा राजमुपा रहेककेा सुनारे बताए ।
भाका अन्र्तगत राजमुपाले काठमाडौंको अलावा भैरहवा, कोहलपुर, विर्तामोड, दमौली, परासी, धनगढी, महेन्द्रनगर, तुलसीपुर र इटहरीमा विशाल नागरिकसभा सम्पन्न गरेको थियो ।
