राज्यले दलित जनजातिलाई काखा गरेर वाहुन क्षेत्रीलाई पाखा गरेको भन्दै वाहुन समाज र क्षेत्री समाजले संविधानसभा भवन अगाडि धर्ना दिएका छन् । खस क्षेत्री समाज राष्ट्रिय महासङ्घ र वाहुन समाज नेपालले कार्तिक २९ गते संयुक्त रुपमा तीनकुनेबाट र् याली सुरु गरी संविधानसभा भवन अगाडि आएर धर्ना दिएका हुन् ।
अन्तरिम संविधानमा वाहुन र क्षेत्रीलाई ‘अन्य’ जातिमा राखिइएकाले त्यसलाई त्ात्काल सच्याएर ब्राह्मण र क्षेत्री नै लेख्नुपर्ने माग गर्दै समाजले आफ्नो माग पूरा नभए देशव्यापी रुप्ामा आन्दोलनमा उत्रिने खस क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष कुमारबहादुर थापाको दाबी छ ।

