जनमुक्तिको भाका सकिदै

Read Time:1 Minute, 11 Second

राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषदले देशव्यापी रुपमा साचालन गरेको भाका अभियान अन्तिम चरणमा पुगेको छ । भाकाका संयोजक तथा सो पार्टीका उपाध्यक्ष रविन्द्र सुनारले राज्यसत्ता डटकमलाई दिएको जानकारी अनुसार कार्तिक ३० गते काठमाडौंमा नागरिकसभा गरेपछि अभियान सम्पन्न हुनेछ । सो दिन विहान ११ बजे कंलकीबाट विशाल र्याली निस्कने र संविधानसभा भवन अगाडिसभामा परिणत हुने सुनारले बताए ।

भाका अभियान अन्र्तगत रुपन्देहीको भैरहवा, कन्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बाँकेको कोहलपुर र दाङ्गको घोराहीमा नागरिकसभा सम्पन्न भईसकेका छन् । यसैगरी तनहुँको दमौली, नवलपरासीको परासी, सुनसरीको इटहरी  र झापाको विर्तामोडमा विशाल नागरिकसभा सम्पन्न भएको नेता सुनारले जानकारी दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %