१ करोड वाहुन र क्षेत्री सडकमा आउने

Read Time:1 Minute, 48 Second

वाहुन समाज नेपाल र क्षेत्री समाज महासंघले संविधानमा ब्राह्मण क्षेत्री जातिलाई आदिवासी रुपमा संविधानमा नसमेटे एक करोड वाहुन क्षेत्री सडकमा आउने बताएका छन्  । क्षेत्री महासङ्घ र वाहुन समाजले कार्तिक २८ गते संयुक्त रुपमा पत्रकार सम्मेलनमा वाहुन समाजका अध्यक्ष नारायणप्रसाद अधिकारीले आफ्नो माग पुरा नभए नेपालभरका एक करोडभन्दा बढी क्षेत्री र ब्राह्मण आन्दोलनमा उत्रिने चेतावनी दिए ।

उपप्रध्यापक समेत रहेका अधिकारीले नेपालमा वाहुन र क्षेत्री सबैभन्दा बढी अन्यायमा परेको उल्लेख गरे । दलित र जनजातिले वाहुन क्षेत्रीको अधिकार खोसेकाले आफूहरु बाध्य भएर आन्दोलित भएको अधिकारीको भनाई छ ।  

नेपालको अन्तरिम संविधानमा ब्राह्मण र खस क्षेत्रीलाई ‘अन्य’ जातिमा राखिइएकाले त्यसलाई त्ात्काल सच्याएर वाहुन र क्षेत्री नै लेख्नुपर्ने माग गरेका हुन् । नेपाल सबैभन्दा बढी अन्यायमा वाहुन र क्षेत्री परेको उनीहरुको ठहर छ ।

खस क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष कुमारबहादुर थापाले २० प्रतिशत जनसङ्ख्या भएको क्षेत्री र १३ प्रतिशत जनसङ्ख्या भएको जातिलाई अन्याय परेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %