संविधान बन्ने डरले राजावादीहरुको मोर्चावन्दी बन्दै

Read Time:1 Minute, 51 Second

राजाको जुठोपुरो कसले धेरै खाने भन्ने विषयमा भागबन्डा नमिलेर अलग अलग पार्टी बनाएर बसेका घोषित राजावादीहरु नयाँ संविधान बन्ने डरले मोर्चाबन्दी बनाउने तयारीमा लागेका छन् । कार्तिक १५ गते प्रमुख दलहरुवीच भएको सात बुँदे सहमतिपछि अत्तालिएर उनीहरुले यस्तो मोर्चाबन्दी कस्न लागेका हुन ।

राजावादीहरुले पचायतकालीन प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाको घरमा यसको प्रारम्भिक छलफल गरिसकेका छन् । छलफलमा अध्यक्ष थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपति शमशेर राणा लगायतको सहभागिता रहेको थियो ।

वैठकमा कमल थापाले अब अलग अलग पार्टीमा बसेर प्रभावकारी भूमिका निर्वाह गर्न सम्भव छैन । उनको संकेत धर्मनिरपेक्षता र संघीय गणतान्त्रि संविधान संविधान बन्न लागेको प्रति थियो । एमाओवादी काँग्रेस र एमाले आदिवासी जनजाति दलित र मधेशीलाई थोरै अधिकार दिने तर संविधान बनाउने भन्ने निश्कर्षमा पुगेपछि घोषित राजावादीहरु अत्तालिन पुगेको विश्लेषण छ ।

२०६५ जेठ १५ गते राति संविधानसभामा मतदान हुँदा भने राप्रपा नेपालले राजतन्त्रको पक्षमा तथा जनशक्ति र राप्रपाले गणतन्त्रको पक्षमा भोट हालेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %