राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले सो पार्टीका भातृसंगठन राष्ट्रिय युवा मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएका छन् । प्रशिक्षण रुपन्देहीको बुटवलमा कार्तिक २६ गते हुने भएको छ ।
भाका अभियान अन्र्तगत पश्चिााचल भ्रमणमा रहेका महासचिव सूर्यवंशीले कार्तिक २५ गते रुपन्देहीमा जिल्लाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको संघीय परिषद सदस्य सूर्यकुमा सारुले जानकारी दिएका छन् । भैरहवास्थित जनमुक्ति पार्टीको जिल्ला कार्यालयमा भएको प्रशिक्षणमा संविधान निर्माण शान्ति, प्रकि्रया र आदिवासी\जनजाति, दलित, महिला, मुस्लिम लगायतको अधिकारको विषयमा सूर्यवंशीले पार्टीको धारणा राखेका थिए ।
कार्तिक ३० गते काठमाडौंमा हुने वृहत र्याली तथा नागरिकसभाबारे पनि सूर्यवंशीले विस्तृत जानकारी दिएका थिए । मध्यान्ह दुई बजेसम्म प्रशिक्षण तथा त्यसपछि अन्तरकि्रया भएको संघीय परिषद सदस्य सारुले बताए ।
