क्षेत्री र वाहुन आदिवासी होइनन्-जनजाति महासंघ

Read Time:2 Minute, 16 Second

नेपाल आदिवासी जनजाति महासंघले वाहुन र क्षेत्री कुनै हालतमा आदिवासी हुन नसक्ने घोषणा गरेको छ । महासंघको दोस्रो राष्ट्रिय सम्मेलनबाट कार्तिक २५ गते जारी घोषणापत्रको तेस्रो बुँदामा शासकजातीहरु कुनै हालतमा आदिवासी नहुने उल्लेख छ ।

उक्त बुँदामा भनिएको छ,’अन्तर्राष्ट्रिय मान्यताअनुसार ‘आदिवासी’ शब्दले शासक जातिका मानिसहरुको अतिक्रमण हुनुभन्दाअघि स्वशासित जाति कुनै निश्चित भूगोललाई आफनो ऐतिहासिक पुख्र्यौली वा पहिलो बासिन्दा मान्नेर निरन्तर रुपमा बसोबास गर्दैआएका राज्यको मूल प्रवाहका भाषा संस्कृतिभन्दा भिन्न भाषा संस्कृति र पहिचान भएका शासक जातिको आप्रवसान वा अतिक्रमण वा विजय वा राज्य निर्माणका कारणले सत्ताबाट विस्थापन वा उत्पीडनमा परेको र नेपालको विशिष्ट परिस्थितिमा हिन्दुवर्णाश्रमभित्र नपर्ने मानव समुदाय\जाति, राष्ट्रका सन्तानहरुलाई बुझाउँने भएकाले शासक जातिका बाहुन र क्षेत्रीहरु नेपालको आदिवासी हुन नसक्ने घोषणा सार्वजानिक गरियोस ।’

सम्मेलनले संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता सहितको संविधान संविधानसभाको म्याद थप गरिएको अवधीभित्र जारी गर्न माग गरिएको छ । सिन्धुपाल्चोकको चौतरामा आयोजित दुई दिने सम्मेलन ४० बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्  जनजाति महासघंको ४० बुँदे सिन्धुपाल्चोक घोषणापत्र

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %