विश्वशान्ति एवं मानव एकताका संवाहक किरात धर्मगुरु फाल्गुनन्द लिङदेनको १२७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइदै छ । किरात धर्मदर्शनका पुनरुत्थानकर्ता फाल्गुनन्दको जन्म १९४२ कार्तिक २५ गते भएको थियो ।
महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान लगायतका विभिन्न संघसंस्थाले फाल्गुनन्दको जन्म दिन पारेर जन्मजयन्ती मनाउने गर्दछ । आजीवन ब्रहचार्य रहेका फाल्गुनन्दको २००५ चैत २२ गते निधन भएको थियो ।
यसैवीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले किराँत धर्मगुरु फाल्गुनन्दको १२७ औँ जन्मजयन्तीको अवसरमा सम्पूर्ण किराँत धर्माबलम्वीप्रति शुभकामना व्यक्त गरेका छन् । किराँत धर्माबलम्बीका महागुरु फाल्गुनन्दका ऐतिहासिक उपदेश आजपर्यन्त हाम्रा लागि मार्गदर्शक बनेका छन् भन्दै प्रधानमन्त्रीले किराँत धर्म संरक्षक जनअभिप्रेरणादायी तथा शान्तिका हिमायती फाल्गुनन्दको सत्य अिहंसा मानव शान्ति एवम् मानव एकताको सोचले मुलुकमा दिगो शान्ति कायम गर्न सहयोग पुर् याउने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री भट्टराईले सम्पूर्ण किराँत धर्माबलम्वीको सुख शान्ति र समृद्धिको कामना गर्दै यस दिनले सबैलाई सत्मार्गमा लाग्न प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।
