जनजाति महासंघको दोस्रो सम्मेलन शुरु

Read Time:1 Minute, 51 Second

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले लोकतान्त्रिक गणतन्त्र सङ्घीयता  धर्मनिरपेक्षता र समावेशीताबाट कुनै हालतमा मुलुक पछाडि फर्कन नसक्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सिन्धुपाल्चोकको चौतारामा कार्तिक २४ गते उदघाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । आईएलओ महासन्धि १६९ सर्वसम्मतबाट अनुमोदन भईसकेकाले यसको विरोध गर्नुको कुनै तुक नभएको उनको भनाई थियो ।

उदघाटन कार्यक्रममा पर्यटन तथा नागरिक उड्डँनमन्त्री लोकेन्द्र विष्ट मगरले आदिवासी र गैरआदिवासी जनजातिको मजाक नठान्न चेतावनी दिए । नेपाली काँग्रेसका मुख्य सचेतक लक्ष्मण घिमिरेले ६ महिना म्याद थपेर भएपनि आदिवासी जनजातिमैत्री संविधान बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले नेता पृथ्वि सुब्बा गुरुङ्ग, एनेकपा माओवादी नेता अग्निप्रसाद सापकोटा, सभासद पासाङ्ग शेर्पा लगायतले आआफ्नो धारणा राखेका थिए ।  

जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीको सभापतित्वमा भएको  सम्मेलनमा ५६ जातीय संस्था प्रतिनिधिहरुले भाग लिएका छन् । कार्यक्रम कार्तिक २५ गतेसम्म साचालन हुने महासंघका महासचिव आङकाजी शेर्पाले राज्यसत्ता डटकमलाई जानकारी दिएका  छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %