ढुँगेललाई माफी दिने सरकारको निर्णय गलत-एमएस थापा

Read Time:2 Minute, 21 Second

सरकार पक्षीय राष्ट्रिय जनमुक्ति पार्टीले पनि बालकृष्ण ढुँगेललाई माफी दिने सरकारी निर्णयको विरोध गरेको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेत एमएस थापाले कार्तिक २४ गते राज्यसत्ता डटकमसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन ।

अदालतले हत्यारा प्रमाणित गरिसकेको व्यक्तिलाई माफी दिनु गलत भएको नेता थापाको भनाई छ । अदालतले दोषी ठहर गरिसकेको व्यक्तिलाई माफी दिँदा विधिको शासनको उपहास हुने थापाको धारणा छ । प्रधानमन्त्री निर्वाचनमा भट्टराईलाई राष्ट्रिय जनमुक्ति पार्टीका सबै सभासदले मत दिएका थिए ।

ओखलढुँगाका उज्जन कुमार श्रेष्ठ र उनका दाईलाई हत्या गरेको भन्दै ढुँगेललाई अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरेपनि डा बाबुराम भट्टराई नेतृत्वको सरकारले हत्यारालाई माफी दिन राष्ट्रपतिलाई कार्तिक २४ गते पत्रचार गरेको छ । उज्जनकुमार श्रेष्ठकी एक छोरीले ढुँगेलकै कारण बाध्य भएर आत्म हत्या गरेकी थिइन् ।

पीडित परिवारले तीन तीन जनालाई मार्ने ढुँगेललाई कानुनी सजायको माग गर्दै राजधानीमा विरोध प्रर्दशन गरेका थिए । अदालतले हत्यारा प्रमाणित गरेका ढुँगेल ओखलढुँगाबाट निर्वाचित एमाओवादी सभासद हुन । प्रधानमन्त्री भट्टराईले माफीका लागि राष्ट्रपतिसँग अनुनय गरेपनि ढुँगेल निर्धक्क संविधानसभा जाने र जनताको करबाट भत्ता पचाईरहेका छन् ।

उज्जनकी दिदीले हत्यारालाई कारवाही नभए आत्मदाह गर्ने बताएकी छन् । ढुँगेललाई छाड्ने भए नेपालमा एक जनालाई पनि जेलमा राख्न नमिल्ने मानव अधिकारकर्मीहरुको धारणा छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %