गाई पिट्नेलाई होइन मान्छे मार्नेलाई जेल हाल

Read Time:1 Minute, 39 Second

सर्वोच्च अदालतद्वारा सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका एमाओवादी सभासद बालकृष्ण ढुङ्गेललाई माफी दिन नहुने भन्दै पिडितहरुले धर्ना दिएका छन् ।  माओवादी नेतृत्वको सरकारले हत्यारालाई आममाफीको नाममा मुक्त गर्न खोजेपछि कार्तिक २४ गते राष्ट्रपति कार्यालय अगाडि धर्ना दिइएको छ ।

गाई पिट्दा जेल हाल्ने विद्येयक ल्याएको माओवादीले सर्वोच्चले हत्यारा सावित गरिसकेको व्यक्तिलाई बचाउन खोजेको विरोधमा उनीहरुले धर्ना दिएका हुन । उनीहरु सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने मुद्दा फिर्ता लिन पाइँदैन अपराधीलाई कारबाही गर भन्ने नारा लगाएका थिए । सरकारले गत मङ्गलबार सभासद ढुङ्गेललाई माफी दिने राष्ट्रपतिलाई  सिफारिस गर्ने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको बेलामा माओवादी मन्त्री प्रभु साहले गाईलाई झुक्किएर छुने आदिवासी जनजाति र दलितलाई जेलमा सडाउने विद्येयक संसदमा प्रस्तुत गरेको थियो । जनजाति र दलितलाई बिना कसुर जेलमा हाल्ने सो विद्येयक अझै पनि संसदमै रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %