राज्यसत्ता
अल्डर्शट,५ अक्टोबर २०२४ । बेलायतमा नेपालीहरूको पहलमा पहिलो बौद्ध विहार स्थापना गर्ने उद्देश्यका साथ महादान संकलन गर्ने हेतुले ५ अक्टोबर २०२४ शनिवारका दिन बैलायतको अल्डर्शट स्थित द प्यालेस रेष्टुरेन्टमा रात्री भोजको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमका उल्लेख्निय मात्रमा बेलायतका बिब्भिन्न भुभगमा बस्ने महानुभावहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी एन आर एन अध्यक्ष प्रेम गाहा मगर,मगर संघ युकेकी अध्यक्ष सिता पुन बिशेष अतिथि ,नेपाली नागरिकता निरन्तरत्ता अभियान(सी एन सि बि जि) युकेका अध्यक्ष थर्क राना , मगर बुद्धिस्ट सोसाइटिका अधक्ष्य इन्द्र पुन मगर लगायत बिभिन्न संघसंस्थाका प्र्मुख वय्क्तित्वोहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई महासचिव जगत आलेले सन्चालन गरेका थिए ।उक्त रात्री भोजमा स्थानिय कलाकारहरु बिनका पुन ,अैइशा सारु ,सन्तोष पुन लगायतका कलाकारहरुद्वारा बुद्ध भजन लगायत बिभिन्न समुधुर संगीतक प्रस्तुती दिएका थिए।

कार्यक्रम बेलायतकाे समय साँझ ५ बजे देखी १० बजे सम्म सन्चाल गरिएको थियो ।
