
नेपाल तमु विद्यार्थी छोज धी रुपन्देही र एम्लवर व्यूटि सैलुन एण्ड एकेडेमीको संयुक्त आयोजनामा भएको मिस तमस्यो २०११ पुष्प गुरुङले जित्न सफल भएकी छन् । १३ प्रतिस्पर्धीलाई उछिन्दै उनले मिस तमस्यो रुपन्देहीको ताज पहिरेकी हुन ।
त्यस्तै भलबारीको सोनिया गुरुङले फस्ट रनर अपको उपाधि जितिन भने एलिसा गुरुङले भ्युवस्र च्वाइसको उपाधि जितिन । त्यस्तै कार्यक्रमको वेस्ट ट्यालेन्ट वेविना तमू घोषित भएको छ भने उत्कृष्ट भेषभुषाको उपाधि आशु तमुले पहिरिन ।

रुपन्देहीमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको उपाधि विजेताहरुलाई नेपाल तमु विद्यार्थी छोँज धी का सस्थापक अध्यक्ष भीम तमूले विजेताहरुलाई ताज पहिराईदिएका थिए । उक्त कार्यक्रमको धन बहादुर तमू उषा किरण तमु देव श्रेष्ठ र लोक तमूले निर्णयकको भूमिका निर्वाह गर्नु भएको थियो । विद्यार्थी छोज धी रुपन्देहीका अध्यक्ष धनु तमुको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ्ग समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।
गोविन्द घर्ति\रुपन्देही


