पाल्पाको यम्घा गाविस ५ का गोपीकृष्ण बस्याल काली गण्डकीमा बेपत्ता भएका छन् । आफन्तको दाहसंकारका लागि मलामि गएका बस्याल कार्तिक २१ गते विहान कालीगण्डकी नदीमा नुहाउने क्रममा वेपत्ता भएका हुन् ।
पाल्पा र स्याङ्गजाको संगम स्थल राम्दी स्थित कालिगण्डकी नदीमा मा डुवेर बेपत्ता भएका २५ वर्षिय बस्यालको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारि राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस्याल नुहानेक्रममा खाल्टोमा परेर बिहान ८ बजे बेपत्ता भएको प्रहरी जनाएको छ ।
देब पचभैया\पाल्पा
