दलित भनेर कोठाबाट निकाल्दा ३ हजार जरिवाना

Read Time:1 Minute, 24 Second

जातीय विभेद गरेको आरोप लागेका पर्वतका एक दम्पत्तिले क्षतिपूर्ति तिरेका छन् । पर्वतको पाङ गाविस घर भै बाग्लुङ नगरपालिका २ जीपपार्कमा बस्दै आएका लेखनाथ पौडेल र सीता पौडेलले आफुहरुले जाीतय विभेद गरेको स्वीकार गर्दै जनही ३ हजार रुपैंया क्षतिपूर्ति तिरेका हुन् ।

उनीहरुले बागलुङको खुङखानी गाविसका भाडामा बस्ने ३ किशोरीलाई जातीयताको आधारमा कोठाबाट निकालेका थिए । कात्तिक १७ गते खाली कोठा भएका कारण २ हजार भाडा तिर्ने सहमति भएपछि १८ गते दलित भएको थाहा पाएपछि कोठा भाडामा बस्न नदिएको भन्दै खुङखानीका सपना परियार सम्झना परियार र गरिमा विकले जिल्ला प्रहरी कार्यालय बागलुङ र विभिन्न दलित संघ संस्थामा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा सोमबार भएको छलफलमा पौडेल दम्पत्तीले आफुले अबका दिनमा यस्तो कार्य नगर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।

एस लिम्बु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %