किरात याक्थुङ चुम्लुङले अन्तराष्ट्रिय सम्मेलन गर्ने

Read Time:1 Minute, 9 Second

आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार सुनिश्चितताको तीब्र बहस चलिरहेकैबेला किरात याक्थुङ चुम्लुङले त्यस्सम्बन्धी अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने भएको छ । चुम्लुङले धरानमा तीन दिने सम्मेलन गर्न लागेको हो । आदिवासी जनजातिको आत्मनिर्णयको अधिकारलाई व्यवहारत अभ्यासको लागि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न लागेको चुम्लुङले जनाएको छ । मंसिर २७ गते उद्घाटन हुने सम्मेलन २९ गतेसम्म चल्नेछ ।

चुम्लुङकाअनुसार सम्मेलनमा देश विदेशका आदिवासी संगठनका प्रतिनिधि अभियन्ता बिशेषज्ञ आदिवासी तथा जनजातिका परम्परागत संस्थाका प्रतिनिधि बुद्धिजिवी धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि गरी ६ जनाले सहभागिता हुनेछ ।

एस. लिम्बु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %