जनजाति प्रतिष्ठानद्वारा १० क्षेत्रका लागि कार्यक्रम प्रस्ताव आव्हान

Read Time:4 Minute, 6 Second

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले विभिन्न १० क्षेत्रमा कार्यक्रम गर्नका लागि प्रस्ताव आव्हान गरेको छ । मातृभाषा मानवसंशाधन चेतना अभिवृद्धि जस्ता क्षेत्रमा काम गर्न इच्छुकहरुका लागि कार्यक्रम प्रस्ताव आव्हान गरिएको हो ।

२०६८ मंसिर २ गते शुक्रबार भित्र प्रस्ताव प्रतिष्ठानमा आईपुग्नु पर्ने तर फ्याक्स र इमेलमार्फत पठाइएका प्रस्ताव अस्विकृत हुने जनाइएको छ । नेपाल सरकार मातहत रहेको प्रतिष्ठानले प्रस्ताव शुल्क रु १०० लिने भएको छ ।


कार्यक्रम सञ्चालन गरिने क्षेत्रहरू
१. मातृभाषाहरुको संरक्षण र विकास कार्यक्रम
२. मानव संसाधन विकास कार्यक्रम
३. आदिवासी जनजातिहरुको सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धन
४. संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम -प्रतिष्ठानको सञ्चालक परिषदको सदस्य रहेका जातीय संस्थाहरुको   लागि मात्र)
५. चेतना अभिबृद्धि तथा सशक्तिकरण कार्यक्रम
६. आदिवासी जनजाति महिला सशक्तिकरण कार्यक्रम
७. आदिवासी जनजातिहरुको परम्परागत ज्ञान, सीपमा आधारित आय-आर्जनमूलक कार्यक्रम
८. लोपोन्मूख तथा अतिसिमान्तिकृत आदिवासी जनजातिहरुको उत्थान कार्यक्रम
९. अध्ययन/सृजनात्मक लेखन सामग्री प्रकाशन -मातृभाषाको सामग्रीलाई पहिलो प्राथमिकता दिईनेछ)८
१०. अध्ययन-अनुसन्धान कार्यक्रम -तल बाकसमा दिइएको प्रस्ताव क्षेत्रलाई प्राथमिकता दिइने छ)
प्रस्ताव स्वीकृतिका लागि सामान्य मापदण्डहरु
१. प्रस्ताव पेश गर्ने संघ/संस्थाले प्रतिष्ठानबाट प्राप्त प्रस्ताव फाराम लिई वा वेभसाईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिने नमूना प्रस्तावमा उल्लेख भएका सम्पूर्ण विवरणहरु स्पष्ट खुल्ने गरी कार्यक्रम प्रस्ताव पेश गर्नु पर्ने छ ।
२. अध्ययन-अनुसन्धान र प्रकाशनको लागि पाण्डुलिपि सहित प्रस्ताव तयार गर्नु पर्ने छ ।
३. प्रस्ताव पेश गर्ने सम्वन्धित संघ/संस्थाहरुले आˆनो संस्थाको नवीकरण प्रमाणपत्र, विधानको प्रतिलिपि, कार्यसमितिका पदाधिकारीहरुको नामावली, प्रस्ताव पेश गर्ने बारेमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि साथै अडिट प्रतिवेदन अनिवार्य रुपमा संलग्न गर्नु पर्ने छ ।
४. पेश्की/वेरुजु फछ्र्योट नभएको र उल्लेखित कागजपत्रहरु संलग्न नभएका प्रस्तावहरु दर्ता हुने छैन ।
५. छनौट भएका संस्थाहरुलाई मात्र सूचना दिइने छ ।
८नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन पाण्डुलिपिको विषयवस्तु आदिवासीवाद र आदिवासित्व भएमा प्राथमिकत दिईनेछ । प्रकाशन कार्यक्रमक प्रस्तावसागै ९.५ से.मि. तेर्सो १७ से.मि. ठाडो र फाइल कटमा १४ से.मि. तेर्सो र २१ से.मि. हुने गरी डमी बुक सहित बुझाउनु पर्ने छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %