संवैधानीक समितिका सभापति निलाम्बर आचार्यले ६ महिना नयाँ संविधान जारी हुने ठोकुवा गरेका छन् । जनताले अधिकार पाएको हेर्न नचाहनेहरुले संविधान बन्दैन भनेर अफवाह फैलाईरहेको बेला सभापति आचार्यले कार्तिक २० गते राजधानीमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन । आचार्यको भनाई किन पनि अर्थपूर्ण छ भने विवादित तीन बुँदा अहिले संवैधानिक समितिमा छलफलको क्रममा छ र सो समितिबाट टुँगो लागेपछि संविधान बन्ने प्राय निश्चित छ ।
कार्यक्रममा आचार्यले यसका लागि ६ महिना संविधानसभाको म्याद थप्नुपर्ने उल्लेख गरे । कार्तिक १५ गते दलहरुवीच भएको सहमति लगत्तै आचार्यको यस्तो धारणा आएको हो । यसअघि आचार्य स्वयमको संविधान निर्माण प्रति निरासावादी भनाई सुनिन्थ्यो ।
सभापति आचार्यले शासकीय प्रणाली र निर्वाचन प्रणाली दुबै मिश्रित प्रणली हुने तथा राज्यपुर्नसंरचनाको कुरा मिलाउन विज्ञ टोली बन्ने भएकाले ६ महिना भित्र नेपाली जनताले संविधान पाउने ठोकुवा गरेका हुन । उनले संविधान जारी भएको ६ महिना भित्र निर्वाचन हुने समेत उल्लेख गरे ।
