दयाहाङ राई मंगाेल समुदाय भएकोले हिट भएकाे हाेईन

Read Time:16 Minute, 38 Second

राजेश हमाल महानायक ,कारीशमा ,भुवन केसी चलेका पनि यी मगर ,राइ,लिम्बु तमाङ आदी समुदायले हेरी दिएर हो वास्तवअंा किनभने यो समुदाय प्रायजसो भावनामा बग्ने ,बढी मनोरन्जनमा डुब्ने खालका हुन्छन, नाच गान भोज भतेर भने पछी बरु सम्प्पती सिद्दिएर सुकुम्बासी किन नहोस् ध्यान राजेश हमाल ,करिस्मा आदिको फिल्म तिर हुन्छ ।बरु बाहुन छेत्री यस्ता कुनै फाईदा नहुने फिल्म,गित संगीत, नाच गान तिर समय खेर फाल्दैनन हेरी हाले पनि सित्तैमा ,वा पैसा तिरेर होइन उल्टो पैसा लिएर फिल्म हेरिदिन्छन ,नाच गान हेरिदिन्छन ,महँगो पैसा लिएर गीत गाइदिन्छन ।बाहुन छेत्रीहरु बरु राजनीति ,व्यापार व्यवसाय तिर बढी ध्यान केन्द्रित हुन्छ ,अध्यन तिर बढी ध्यान हुन्छ ,जस लाई कलाकारितामा ईच्छा हुन्छ उ मात्र फिल्म हेर्न गीत संगीत तिर लाग्ने हुन्छ नत्र फिल्म हेरेर, नाच हेरेर पैसा र समयको नाश गर्दैनन।

पूर्ण बहादुर राना मगर

२०८१ असाेज ३ गते । पुजा शर्माले एक अन्तर्वार्तामा भनेकि थिईन, “अब ,दया दाईहरूकाे फिल्म चाहिँ के हुँदाे रहेछ भने युनिटी हुँदाे रहेछ , मलाई थाहा थिएन । एउटा उनिहरूकाे युनिटि हुँदाे रहेछ क्या कस्ताे मजाकाे । अब हाम्रोमा युनिटि पनि छैन केही छैन, हेर । जस्तै अँ …मंगाेलियनहरू हरेक चिज कती सपाेर्ट गर्ने रहेछ क्या । अनि हामी आर्यनहरूकाे काेहि हुँदैन ।”


दयाहाङ राईलाई मैले चिन्न सुरू गरेकाे मुख्यतः लुट फिल्मबाट हाे । लुट फिल्म काल्पनिक भए पनि यथार्थ धरातलमा आधारित मुभि हाे । अब के हुन्छ? अब के हुन्छ भन्दा भन्दै मुभि काैतुहलतामा सिद्धिसकेपछि वास्तवमा लुटकाे अर्थ बुझ्छ । याे पत्याउनै नसक्ने काल्पनिक फिलिम थिएन । यस फिल्ममा प्रयाेग भएको भाषा परिस्कृत छैन । झर्रा शब्द प्रयाेग छ । जस्तै “म्याचिस” शब्द । जे हाेस लुट लगायत अन्य फिल्ममा प्रयाेग हुने भाषाहरू पुजा शर्माहरूकाे खस भाषानै हुन । दयाहाङका राईभाषा, मिरूना मगरका मगर भाषा आदि भाषाहरू हाेईनन् ।

दयाहाङ राई हिट हुनुका कारणहरू :

१) हिजाे फिल्म बन्दा रामायणमा सितालाई रावणले अपहरण गरेर लगेकाे धर्मग्रन्थकाे आधारमा फिल्म बन्ने गर्दथ्याे । सिनेमामा प्रयाेग भएका लडाइँझगडा रामायण र महाभारतलाई नक्कल गरेकाे जस्ताे देखिन्थ्यो ।

अधिकांश ,पहिलेका सिनेमाहरु र पात्रहरु हिन्दी फिल्मका हुबहु नक्कल हुन्थे ,कथा वस्तु ,फिल्मका गीतसंगित,डाइलग पनि हिन्दी फिल्म्कै जस्तै हुन्थे । किन त्यस्ता फिल्महरु बन्छन ? भन्ने प्रश्न राख्दा उतिखेरका फिल्म मेकर , निर्देशकहरुको जवाफ हुन्थ्यो सबै जसोले हिन्दी फिल्म हेर्ने र लाखौं हिन्दी फिल्म बनेका कारण कुनै न् कुनै हिन्दी फिल्म सँग मेल खान गएको जस्तो हास्यापद जवाफ दिन्थे । त्यस्ता फिल्महरु केही समय चले पनि अहिले समय परिवर्तन र प्रबिधीको पहुच उच्च जातिय बर्गमा मात्र सिमित नभई लग्भग सबैले आफ्नो रोजाइको फिल्म गीत संगीत छान्न पाएका छन फल्स्वोरुप पहिलेका भारतीय सिनेमाका कपिक्यात फिल्महरु रुचाउन छोडिएको छ ।त्यस्ता नक्कल गरिएका फिल्म नेपाली फिल्म भनेर मात्र हेर्ने कुरा आएन बरु सिधै हिन्दी ,साउथ इन्दियन ,अझ हलियुड ,स्पैनिश ,कोरियन हेर्दा बढी मनोरन्जन मिल्दछ । आफ्नै नेपाली माटो सुहाउदो नेपाली सन्स्क्रिती बोकेका सिनेमाहरु चल्न थालेका छन ।

२) पहिले पहिले बनेका फिल्महरूमा १५/२० जना गुण्डाहरूले एकजना हिराेनी(केटी)लाई लखेट्ने गर्दथ्याे । मानाैं गुण्डाहरूले हिराेनिलाई पाेखरामा लखेटेकाे छ तर हिराे काठमाडौंमा छ भने पनि हिराेनिले “बचाउ बचाउ” भनेपछि हिराे क्षणभरमै कुदेर, गुडेर, उडेर वा जे गरेर हुन्छ पुग्ने गर्दथ्याे । जसरी हामी घर छाेडेर घरबाट धेरै टाढा देश विदेशमा बसेपनि हाम्राे मनले घर सम्छेपछि घर पुगे जस्छै नायिकालाई सहयाेग गर्न नायक छिनमै हाम्राे मन हिंडेझैं काठमाडौबाट पाेखरा पुगिहाल्छ ।

हिराेले बिना हतियार खालि हातले गुण्डाहरू हान्दा गुण्डारू ठाउँकाे ठाउँ ठहरै हुने तर गुण्डाहरूले लठ्ठी, खुँडा, तरवार अझ पिस्ताेल र बमलेले हान्दा समेत हिराेलाई केही नहुने र नलाग्ने सिन हुन्थ्याे । कतै लागे पनि सामान्य चाेट लाग्ने गर्दथ्याे । सयाैं हतियार सहितकाे गुण्डालाई खालि हातवाला एकजना हिराेले सफायगर्ने गर्द्थ्याे । हिराेले हानेकाे किकले लाग्ने र गुण्डाहरू ठाउँकाेठाउँ बेहाेस हुने दुश्य हुन्थ्याे । नायिकालाई अपहरण गर्ने र कहाँकहाँबाट आएर हिराेले बचाउने काम मात्रै गर्ने फिल्महरू बने । हिराे पनि यसरी आउँछ कि उ कुदेर, गुडेर वा आफै हावामा उडेर आएर बचाउने काम गर्छन् । जुन कल्पना भन्दा बाहिरको विषय हाे । जुन फिलिमहरू रामायण र महाभारतकाे प्रभावमा बनेकाे थियाे । रामायण र महाभारतका घटनाहरू वास्तविक हाे कि हाेईन वा सितालाई रावणले हरेर लगेकाे र रामले श्रीलंका वानर सेना सहित गएर लडेर ल्याएकाे जस्ता कल्पनामा आधारित फिलिमहरू बने ।

३) कतिपय अवस्थामा एकजना हिराेनिलाई १०/१२ जना भुसतिघ्रे गुण्डाले लखेटेर बलात्कार गरेर मारेकाे फिलिमहरू पनि बने । त्यतिबेला यसरी नेपालकाे कुनैपनि गाउँमा वा शहरमा दिन डाहाडै केटिलाई १०/१२ जनाले लेखेटर अपहरण गरेर बलात्कार गरेकाे मैेले देखेकाे र सुनेकाे छुईन । यस्ता फिलिमहरूले बलात्कारलाई प्रश्रय दिने पनि गरेकाे हुन सक्छ ।

४) अहिले दयाहाङ राईलाई प्रख्यात बनाएका फिल्महरू पहिलेकाे जस्ताे छैन । अहिलेका फिल्महरू वास्तविक राई, लिम्बु, गुरुङ, मगर,थकाली, थारू आदि समुदायकाे जिवनमा आधारित फिल्म बनेका छन् । अझ बढि कुरा त शहरकाे मात्रै र ठूलाठूला बिल्डिङकाे मात्रै कथावस्तु बाेकेकाे फिल्म भन्दा घरगाउँकाे झुप्राे, माटाेले लिपेकाे, काठका फलेकले बनेका घरका कथावस्तुहरूमा आधारित फिल्म बनेका छन् । हुनपनि नेपालकाे वास्तविक ठूलाे जनसंख्याको हिस्सा सिमेन्टड घर र शहरबजार भन्दा ढुङ्गामाटाे बनेकाे घर र गाउँघरमै बसाेबास गरिरहेका छन् । त्यसैले यस्ता फिल्महरू चलेका छन् ।

आजभोलि १०/१२ जना गुण्डाहरूले हिराेनिलाई लखेटेकाे फिल्म बनेका छैनन् । घरगाउँमा जेजे हुन्छ त्यसैमा आधारित फिल्म बनेकाे छन् । बढि पत्याउनै नसक्ने खालका कल्पना मात्रै भएका फिल्महरू बनेका छैनन् । सत्यतथ्य नजिक रहेर फिल्म बनेका छन् । अहिलेका फिल्महरूकाे सत्यतथ्य नजिक छ । डायलगहरू पनि घरगाउँमा अनपढ र भुँईमान्छेले जेलबाेल्छ त्यहि टिपेर ल्याएकाे छ । यी कारणले फिल्म राम्रो भएको हुनसक्छ । दयाहाङ राई र धिरज मगरहरू, अनि मिरूना मगरहरू चलेकाे यहि कारणले हुनसक्छ । अनि उनिहरूकाे अभिनयमा तिखार र निखार पनि आएको हुनसक्छ । उनिहरूकाे क्षेमता, कला, गला र शारीरिक हाउभाउ र बनावटले पनि हिट भएको हुनसक्छ । दयाहाङ मंगाेल भएर चलेकाे जस्ताे लाग्दैन । कथावस्तुनै राम्रो नभए कलिउडका हिराे हिराेईन खेलेकाे फिल्म त के बलिउडका र हाेलिउडका प्रख्यात प्रख्यात हिराे हिराेनिले खेलेकाे फिल्महरू फल्प भएका धेरै दृष्टान्तहरू पाउन सकिन्छ ।

५) पहिले पहिलेका फिल्महरू अशिक्षित मान्छे छिनभरमै शिक्षित हुने गर्दथ्याे ।

६) पहिलेका मुभिहरू गरिब वा सडकपति मानिस सेकेन्डभरमै कराेड र अरबपति बनेकाे फिल्म बन्दथ्याे ।बढी मसलादार हुन्थे, गरिव मज्दुरी गर्ने वर्गको मनोभावलाई प्रभाव पारी उनिहरुबाटै फाईदा लिने खालका काल्पनिक कथावस्तुका सिनेमा बन्थे ।

७)बाहुन छेत्रीका फिल्म चलेका पनि ती आदिवासी जनजाती हरुले सिनेमा हेरेकैले चलेको थियो र चलिरहेको छ नकी बाहुन छेत्रीमात्रले हेरेका कारण । उहिले आदिवासी जनजातिहरुका फिल्म बन्थेनन ,पहुच कम थियो (हुन त अहिले पनि खासै प्रगती त छैन तैपनी केही पहुच अवस्य पुगेको छ ),आर्यन मुलकाले जस्तो पस्किन्छन त्यस्तै खाए खा नखाए घिच भन्ने अवस्था थियो र राजेश हमाल ,भुवन केसी रेखा थापा हरुले हासे पनि ,रोएपनी ,जसो गरे पनि हिट हुन्थे तर अहिले केही हद सम्म प्रबिधीको पहुच आदिवासी समुदायमा पनि पहुच पुगेकोले आफ्नै खाले बिषय वस्तु र आफ्नै जस्तो अनुहार भएको फिल्म हेर्न रुचाएको देखिन्छ यसको मत्लव यो होइन कि उनिहरु आफ्नै जाती समुदाएको मात्र फिल्म हेर्छन यदी त्यसो हुन्थ्यो भने त मगर भाषाका फिल्महरु यहाँ हेरी नसक्नु बन्थे होलान ,राई भाषा सन्स्कृतिका फिल्म “सुपर डुपर” हिट भएर नेट फ्लिक्स ,आमाजोनमा हेर्ने हुन्थ्यो होला। तर यसरी मगर ,गुरुङ ,राई भाषा मा बनेका फिल्म हरु गुमनाम छन । मगर भाषामा फिल्म बन्यो भने लगानी उठ्नु त कता हो कता रोडको वास हुने अवस्था छ । त्यसैले राजेश हमाल महानआयक ,कारीशमा भुवन केसी चलेका पनि यी मगर ,राइ,लिम्बु तमाङ आदी समुदाएले हेरी दिएर हो वास्तवअंा किनभने यो समुदाय प्रायजसो भावनामा बग्ने ,बढी मनोरन्जनमा डुब्ने खालका हुन्छन, नाच गान भोज भतेर भने पछी बरु सम्प्पती सिद्दिएर सुकुम्बासी किन नहोस् ध्यान राजेश हमाल ,करिस्मा आदिको फिल्म तिर हुन्छ ।बरु बाहुन छेत्री यस्ता कुनै फाईदा नहुने फिल्म,गित संगीत, नाच गान तिर समय खेर फाल्दैनन हेरी हाले पनि सित्तैमा ,वा पैसा तिरेर होइन उल्टो पैसा लिएर फिल्म हेरिदिन्छन ,नाच गान हेरिदिन्छन ,महँगो पैसा लिएर गीत गाइदिन्छन ।बाहुन छेत्री हरु बरु राजनीति ,व्यापार व्यवसाय तिर बढी ध्यान केन्द्रित हुन्छ ,अध्यन तिर बढी ध्यान हुन्छ ,जस लाई कलाकारितामा ईच्छा हुन्छ उ मात्र फिल्म हेर्न गीत संगीत तिर लाग्ने हुन्छ नत्र फिल्म हेरेर नाच हेरेर पैसा र समयको नाश गर्दैनन। अहिले बिदेशका जातिय संघ संस्था मगर, गुरुङ जस्ता आदिवासिका संघ संस्था स्वेदेश र बिदेश्मा चर्को सुल्क तिरेर आर्यन कलाकारहरु आमन्त्रित गर्दछन र चलेका छन बरु आर्यनहरुले खोलेका संघसंस्थारुमा मङोल मुलका कलाकारहरुलाई खासै महत्वो दिदैन जती नै प्रतिभा र चर्चित भए पनि ।मङोल समुदायका मानिस हरुमा एकता हुन्थ्यो भने आफ्नै घरमा बिदेशी भाषा मा सन्वाद गर्नु पर्ने थिएन ,आफ्नै भुगोल र माटोमा लाचार भएर अरुले दिएको नाम टुलु टुलु स्विकार्नु पर्ने थिएन ,सत्तामा केपी ओली होइन कुनै मगर ,राई गुरुङ हुन्थ्यो ,प्रचन्डको झोले बनेर होइन प्रचन्ड र बाबुराम हरुलाई घरको नोकर राख्ने हैसियत हुन्थ्यो। त्यसकारण नेपाली फिल्म चल्ने भनेकै मङोल समुदाएकाले हेरेर हो नकी आर्यन्हरुले हेरेर अघी नै भनी सके बाउन छेत्री फिल्म बनएर कमाउने काम तिर लाग्छन भने मङोल आदी वासी समुदाय फिल्म हेरिदिने उपभोक्ता हरु हुन र अर्को कुरा नेपाली फिल्म चल्ने आर्यन रेश मङोल रेश भनेर होइन प्रतिभा पनि हुनु पर्‍यो कलाकारमा ,पेशा नै कलाकारिता रोजे पछी त्यस्प्रती कडा मेहनत गर्नु पर्‍यो खाली गाला तन्काएर, कपाल रंगाएर , नक्कल पारेर केटा फेर्न मात्र ध्यान दिएपछी कसरी दर्शक्ले रुचाउ छन त ?

८)र अन्त्यमा… पुजा शर्मालाई मंगाेलहरू सहयाेगि हुन्छन् भन्ने कुरामा विश्वासनै लागेकाे हाे भने पुजाले मंगाेल केटासँग बिहे गर्न पनि सक्छिन् । किनकि उनी अविवाहित पनि हुन् । पुजा मान्छे राम्री छँदैछिन् उनीले अर्काे जुनि किन पर्खिनु पर्याे र! मंगाेल केटा राेजेर यहि जुनिमै बिहे गर्न पनि सकिन्छ । हिन्दू धर्म अनुसार केटीको घर र थर परिवर्तन हुन्छ भनिन्छ ।

6 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %