पत्रकार घिमिरेको मृत्यु

Read Time:1 Minute, 58 Second

नेपाल पत्रकार महासंघ पाल्पाका पुर्ब कार्यसमिती सदस्य एवं त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका प्राध्यापक लक्ष्मण घिमिरेको भीरबाट खसेर मृत्यु भएको छ । ३५ बर्षीय घिमिरेको शव कार्तिक १९ गते बिहान पाल्पा नायरनम्तलेस स्थित उनको घर नजिकैको भीरमा मृत अवस्थामा भेटिएको हो । १८ गते राती मृत्यु भएका उनको शव आज बिहान स्थानीयले भीरमा अड्केको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।

उनी घर नजिकै आर्यभाज्याङ बजारबाट फर्केर घर आउँदै गर्दा रातको समयमा सडकबाट खसेका जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । करिव ५० मिटर तल खसेका घिमिरेको अघिल्लो रात नै परिवारले खोजि गरेका भएपनि भेटेका थिएनन् । उनलाई राती केहिबेर खोजि गरेको तर नभेटिएपछि साथीको घरमा गएको हुनसक्ने भन्दै परिवारले घर फर्कने आशमा कुरेर बसेका थिए ।

उनको शवलाइ  जिल्ला अस्पताल तानसेनमा पोष्टमार्टमपछि दाह संस्कारको लागी राम्दी घाट लगिएको छ । आजै पत्रकार महासंघ पाल्पाले उनको पार्थिव शरिरमा संस्थाको झण्डा ओढाएर श्रद्धााजली दिएको छ । घिमिरे स्थानीय पाल्पा टाइम्स साप्ताहिकमा कार्यरत थिए भने क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक थिए । पे्रस युनियन पाल्पाका उपसभापति समेत रहेका घिमिरेका एक छोरी र श्रीमती छन् ।

देब पचभैया\पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %