
गोविन्द घर्ति\रुपन्देही
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंसीले सार्थक संविधान निर्माणका लागि ३ ठूला राजनैतिक पार्टीहरु नै वाधक भएको बताएका छन् । रुपन्देहीको भैरहवामा कार्तिक १८ गते आयोजित नागरिक सभामा बोल्दै नेता सूर्यवंसीले उक्त कुरा बताएका हुन । ठूला राजनैतिक पार्टीहरुले संघीयता नारामा मात्र सिमित गर्न खोजेको र संघीयता विनाको संविधान निर्माण गर्न लागि परेको उनको आरोप छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सूर्यवंशीले शान्ति र संविधान निर्माण गर्न वचन वद्धता व्यक्त गरेका राज्यसत्तामा हालीमुहाली गरीरहेका राजनैतिक पार्टीहरुका कारण देश दलदलमा फसेको उल्लेख गरे । उनले गणतन्त्र स्थापनापछिका प्रधानमन्त्रीहरुले शान्ति र संविधान निर्माणमा कुनै चासो नदेखाएको दाबी गरे । सूर्यवंसीले कार्यक्रममा बोल्दै राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको विकल्प नभएको ठोकुवा गरे ।

तस्विर:- गोविन्द घर्ति
राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको नागरिक सभामा संघीय परिषद् सदस्यद्धय होमाया गुरुङ्ग, भिम बहादुर राना, कृष्ण नेपाली, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सदस्य बोम दलार्मी, विद्यार्थी मोर्चाका जिल्ला अध्यक्ष श्रीधर राना, पूतपूर्व सैनिक संगठनका भिमबहादुर राना, मगर हाङ्गका छत्रबहादुर दर्लामी लगायतले निर्धारित मितिमै नयाँ संविधान जारी गर्न माग गरे ।
भैरहवाको देवकोटाचोकदेखि र् याली सहित बुद्धचोकमा पुगेर नागरिक सभामा परिणत भएको थियो । नागरिकसभा कृष्णबहादुर गुरुङ्गको स्वागत र भैरव थापाको संचालनमा सम्पन्न भएको थियो ।
