संविधानको विवाद मिलाउन विज्ञ समूह बन्ने

Read Time:2 Minute, 1 Second

संवैधानिक समिति अन्र्तगतको विवाद समाधान उपसमितिले राज्यपुर्नसंरचना निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषय मिलाउन संविधानसभाबाट एक विज्ञ समुह गठन गर्ने निर्णय गरेको छ । कार्तिक १८ गते विहान बसेको वैठकले यस्तो निर्णय गरेको वैठकपछि उपसमितिका सदस्य माधवकुमार नेपालले जानकारी दिए ।

काँग्रेसले राज्यपुर्नसंरचना आयोग गठनको माग राख्दै संविधान प्रकि्रयालाई एकलौटी रुपमा अवरुद्ध पार्दै आएको थियो । कार्तिक १५ गते प्रमुख दलहरुवीचको सहमति अनुसार विज्ञ समूह गठन गर्ने निर्णय भएको हो ।

शासकीय स्वरुप भन्दा पनि राज्यपुर्नसंरचना र निर्वाचन प्रणालीका विषयमा धेरैले महत्व दिने गरेका छन् । खासगरी आदिवासी\जनजाति, मधेशी, महिला, दलित, मुस्लिम र अल्पसंख्यकहरुको चासो यसविषयमा बढी रहेको देखिन्छ । संविधानसभामा आफ्नो बहुमत नपुग्ने भएपछि पुरातनवादी जमातले काँग्रेससँग मिलेर जनताको भावना विपरीत निर्णय गर्ने उद्देश्यले राज्यपुर्नसंरचना आयोगको माग गर्दै आएको जगजाहेर थियो । विज्ञ समूहमा पनि प्रतिगामीहरु नरहला भन्न गाह्रो छ ।

उपसमितिका संयोजक पुष्पकमल दाहाल अमेरिका भ्रमणमा जानु भन्दा पहिला कार्तिक १९ गते संवैधानिक समितिको बैठक बसेर विज्ञ समूह गठनको निर्णयलाई अनुमोदन गराउने तयारी भईरहेको छ । त्यसपछि बल्ल संविधान संशोधनको प्रकि्रया अगाडि बढ्न सक्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %