रामेछाप तामाङ्ग समाजले एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने तामाङ्ग विद्यार्थीलाई सम्मान गर्ने भएको छ । उनीहरुको सम्मानमा समाजले कार्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा कार्यक्रम आयोजना गरेको हो ।
तामाङ्ग विद्यार्थी मध्ये रामेछाप जिल्ला टप र काठमाडौं टपले जनही रु ५\५ हजार नगद पुरस्कार समेत पाउने भएका छन् । कार्यक्रममा काँग्रेस नेता भीमबहादुर तामाङ्गलाई प्रमुख आतिथिको रुपमा निम्त्याइएको आयोजकले जानकारी दिएको छ ।
