उत्कृष्ट मगर विद्यार्थीलाई कानुङ्ग लंघन हंगकंगद्वारा छात्रवृत्ति प्रदान

Read Time:3 Minute, 32 Second

हंगकंग
कानुङ्ग लंघन हंगकंगले यस वर्षको छात्रवृत्ति कक्षा ११मा अध्ययनरत सिद्धार्थ बनस्थली इिस्न्टच्युट बालाजुका विद्यार्थी प्रतिमा पुलामी मगरलाई प्रदान गरेको छ । भीमफेदी गाविस वार्ड नं १, मकवानपुर निवासी श्री केशर बहादुर पुलामी मगरकी छोरी प्रतिमालाई मगर महिला विद्यार्थीहरुको तर्फबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याए वापत प्रदान गरिएको हो ।


काठमाण्डौमा आयोजित कार्यक्रममा  उक्त वृत्ति हस्तान्तरण गर्दै नेपाल मगर महिला संघ केन्द्रिय समितिका अध्यक्ष तथा सो कार्यक्रमका प्रमुख अतिथी गंगा खासू मगरले प्रतिमा पुलामी मगरलाई बधाई तथा कानुङ्ग लंघनलाई धन्यवाद ज्ञापन गरेकि थिईन । छात्रवृत्ति सञ्चालक समिति कानुङ्ग लंघन हंगकंगका सदस्य जमुना श्रीस मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका सल्लाहकार पूर्वअध्यक्ष मन्धरी आले मगर तथा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्व महासचिव शिवलाल थापा मगरले कानुङ्ग लंघनको प्रयासको सह्राना गरेका थिए । अध्ययनमा अव्वल तर आर्थिक अवस्था कमजोर र सामाजिक रुपमा पछि परेका मगर विद्यार्थीहरुलाई टेवा पुर्याउने उद्देश्य रहेको यस संस्थाले विगतमा मोतिपुर गाविस वार्ड नं। १, कपिलबस्तु निवासी निमेन्द्र राना मगरकी छोरी मेलिना राना मगर र सुकाजोर गाविस वार्ड नं ७, रामेछापका खड्ग सारु मगरका छोरा जेसम सारु मगरलाई सहयोग प्रदान गरिसकेको छ । खड्ग सारु तिनै मगर भाषा शिक्षक हुन् जो दुर्घट्नाको कारणले ह्वीलचेअरमा आफ्नो जिन्दगी काट्न विवश छन् ।


कानुङ्ग लंघन केही जागरुक मगर महिलाहरुद्धारा हंगकंगमा स्थापित सामाजिक संस्था हो । यस संस्थाले नेपाल मगर संघ विशेष गरी नेपाल मगर महिला संघ केन्द्रिय समितिको समन्वयमा वृत्ति प्रदान गर्ने गर्दछ । सामाजिक सेवामा अभिरुचि राख्ने विभिन्न महानुभावहरुबाट संकलित सहयोग रकम नै त्यस्ता वृत्तिमा जाने गरेको कुरा  लंघनका अध्यक्ष चन्द्रज्योति आले मगर बताउछिन् ।  प्रतिमा पुलामी मगरको लागि सहयोग रकम ६० हजार रुपया भने हंगकंगमा रहनु हुने तीन स्रोत अभिभावकहरु जंग थापा मगर, नेत्र थापा मगर र लीला पुलामी मगरबाट उपलब्ध भएको जनाइएको छ । स्मरण रहोस प्रतिमा पुलामी मगरले माध्यमिक तह अध्ययनको लागि जनजाति कोटाबाट छात्रवृत्ति  प्राप्त गरेकी थिइन् ।

तेज राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %