प्रमुख तीन राजनीतिक दलहरुवीच नयाँसंविधान निर्माण र शान्ति प्रकि्रया टुँगो लगाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा कार्तिक १५ गते एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले तथा संयुक्त मधेशी मोर्चावीच ९ बुँदे सहमति भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाको तर्फबाट विजयकुमार गच्छदारद्वारा हस्ताक्षरित सहमति पत्रमा एक महिना भित्र नयाँ संविधानको मस्यौदा बनाउन थाल्ने र एमाओवादीका ६ हजार ५ सय लडाकु समायोजन गर्ने उल्लेख छ । नेपाली सेनाअन्र्तगतको महानिर्देशनालयमा सेनाबाट ६५ र माओवादी लडाकुबाट ३५ प्रतिशत रहने सहमति भएको हो । महानिर्देशनालयको नेतृत्व सेनाले गर्नेछ । महानिर्देशनालयको कार्य विकास निर्माण, वन सुरक्षा, औद्योगिक सुरक्षा र विपद व्यवस्थापन हुनेछ ।
दलहरुवीच संविधान निर्माणलाई तीव्रता दिने र संविधानसभाबाट सहमतिको आधारमा अविलम्ब विज्ञहरुको टोली बनाई राज्यपुर्नसंरचनाबारे सुझाव लिइने सहमति भएको छ । संविधान निर्माण र शान्ति प्रकि्रयालाई तीव्रता दिन राजनीतिक संयन्त्र बनाउन समेत दलहरु सहमत भएका छन् ।
यसैवीच यो सहमतिमा एनेकपा माओवादी मोहन वैद र महासचिव रामबहादुर थापा बादल पक्षले भने विरोध गरेको छ । सहमतिका लागि भएको वार्तामा सहभागी महासचिव थापाले आफ्नो पक्षको धारणा कार्तिक १६ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएका छन् ।
सम्बन्धित समाचार
शान्ति र संविधानबारे प्रमुख दलवीच भएको ऐतिहासिक सहमतिको पूर्ण पाठ
साढे ६ हजार माओवादी लडाकु समायोजन हुने



