तामाङलाई शाखा अधिकृत बनाउने घेदुङको तयारी

Read Time:1 Minute, 30 Second

नेपाल तामाङ्ग घेदुङले तामाङ समुदायलाई निजामति सेवा अन्र्तगत शाखा अधिकृत बनाउन तयारी कक्ष साचालन गर्न लागेको छ । तामाङ समुदायको सरकारी निकायमा बढी उपस्थितिहोस् भनेर घेदुङले आगामी मंसिर १६ गतेदेखि काठमाडौंमा शाखा अधिकृत तयारी कक्ष चलाउने भएको छ ।
स्नातकतह उत्तीर्ण तामाङहरुलाई ११ मंसिर भित्र घेदुङमा सम्पर्क राख्न आव्हान गरिएको छ । ४१६८०४० तयारी कक्षका लागि नाम टिपाउन सक्ने आयोजकले जनाएको छ ।

मुलुक वेरोजगारीले आक्रान्त भएपनि आदिवासी जनजातिहरु भने आफ्ना लागि आरक्षित सिटमा आवेदन दिन नजाने र गएकाहरु पनि आवश्यक तयारी विना जाने गरेको लोकसेवा आयोगका अधिकारीहरु बताउँछन् । जनजातिका लागि आरक्षित सिट मध्ये ८० प्रतिशत खेर गईरहेको आयोग स्रोतले जानकारी दिएको छ ।

निजामति सेवामा खुल्ला प्रतियोगिताबाट पूर्ति गरिने सिटको ४५ प्रतिशत आरक्षित गरिएको छ । ४५ प्रतिशतलाई १०० प्रतिशत मानेर त्यसको २७ प्रतिशत आदिवासी जनजातिलाई छुट्याइएको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %