दशैं-तिहारपछि छठको रौनक

Read Time:1 Minute, 36 Second

दशैं तिहार सकिए लगत्तै छठ पर्वको रौनक शुरु भएको छ । श्रद्धा भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बका रुपमा मनाइने छठपर्व कार्तिक १३ गतेदेखि  शुरु भएको हो । तराईवासीहरुले कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ ।

छठलाई सत्य अिहंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोवस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।  चतुर्थीका दिनलाई ‘अरबा-अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरुले खोला नाला नदी पोखरी र तलाउलगायतका जलासयमा गई नुहाईधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज र कोदोजस्ता वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गरिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %