प्रथम हातेमालो मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Read Time:3 Minute, 45 Second

स्वस्थ जीवनका लागि खेलकुद भन्ने मुलमन्त्र अनुशरण गरेको हातेमालो अभियानद्वारा दशैं र दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा ३ दिने मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । व्यस्त जीवनमा पनि स्वस्थसँगै आपसी भाईचारा मित्रता र भातृत्व भावना अभिवृद्धि गर्ने उद्देश्यले हातेमालो अभियानको चौथो वार्षिक साधारणसभाको अवसर शुभकामना तथा व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको हो ।  

३२ टिम सहभागी प्रतियोगितामा डोरबहादुर बिष्ट\बिशाल खड्काको जोडीले संघर्षपूर्ण फाइनल खेलमा संजीव कोइराला\राम ध्वजुको जोडीलाई हराएर प्रथम भएका थिए । प्रतियोगितामा तृतीय मणिकुमार गुरुङ\तेजेन्द्र गुरुङ र बालकृष्ण केसी\राम श्रेष्ठ भएका थिए । सबै खेलहरु नेपाल मगर संघ कास्कीको भवनमा सम्पन्न भएका थिए । प्रथम द्धितिय र तृतीयलाई क्रमशः ५ हजार १ र प्रमाण पत्र समीर थापाले ३ हजार १ र प्रमाण पत्र सोन आलेले र १ हजार १ र प्रमाण पत्र दुई टिमलाई प्रमुख अतिथि पूर्ण राना मगरले वितरण गरेका थिए । कार्यक्रमको बेस्ट प्लेयर संजीव कोइराला घोषित भएर प्रशिक्षक तथा रेप्रुी धर्मलाल प्रधानले पुरस्कार तथा सम्मान गरेका थिए ।

हातेमालो अभियानको अध्यक्ष तारामाया थापाको अध्यक्षता, नेपाल मगर संघ कास्की जिल्ला समितिका अध्यक्ष पूर्ण राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि एलआईसी पश्चिमााचल प्रमुख सोन आले, इन्फोरमेटिक्सका फाउण्डर समीर थापा, अतिथि ब्याडमिन्टन प्रशिक्षक धर्मलाल प्रधान, अतिथि आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, अतिथि अधिवक्ता सरिता थापा, अतिथि आरके अर्याल, निरबहादुर थापा, अतिथि प्रेमकुमाल पत्रकार, महासंघका जिल्ला अध्यक्ष बदि्रविनोद प्रतिक, अर्णपूर्ण एफएमका दिपेन्द्र श्रेष्ठ, मानवअधिकार संरक्षण मच कास्की अध्यक्ष सुरेन्द्र थापा, रक्षक संजाल अध्यक्ष जुनाकुमारी गुरुङ, दलित महिला संघ जिल्ला अध्यक्ष चमेली परियार, जिफन्डका प्रतिनिधि र अतिथि एमाओवादीका भीम श्रीस रहेका थिए ।

कार्यक्रममा एलआईसी पश्चिमााचल प्रमुख सोन आले इन्फोरमेटिक्सका समीर थापा प्रशिक्षक धर्मलाल प्रधान खेलाडीको तर्फबाट बेस्ट प्लेयर संजीव कोइराला र अध्यक्ष तारामाया थापाले मन्तब्य सहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम साचालन संयोजक हर्क आलेले गरेका थिए ।

मेजन पुन मगर\कास्की

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %