स्वर्गीय मीनबहादुरु गुरुङको स्मृतिमा छ्याडुँ प्रतियोगिता हुने

Read Time:2 Minute, 27 Second

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले लोक श्रष्टा स्वर्गीय क्याप्टेन मिनबहादुर गुरुङको स्मृतिमा आगामी पुस ८, ९ र १० गते पोखरा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा खुल्ला छ्याडुँ प्रतियोगिता गर्ने भएको छ । स्थापनाकाल देखि गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्दै आएको प्रतिष्ठानले लोक साँस्कृतिक श्रष्टा स्वर्गीय गुरुङको योगदानको सम्मान अक्षयकोष स्थापना गरी नेपाली कला सँस्कृतिक र साहित्यमा योगदान दिनुभएका श्रष्टाको सम्मान तथा पुरस्कृत गर्ने तमु जातिको लोपोन्मुख मौलिक लोक सँस्कृतिको संरक्षण सम्बद्र्धन र स्वर्गीय गुरुङको स्मृतिमा गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्ने उद्धेश्यका साथ छ्याडु प्रतियोगिता गर्ने आज पोखरामा सम्पन्न प्रतिष्ठानको भेलाले निर्णय गरेको हो ।

छ्याडु प्रतियोगितामा डाँफे कला मन्दिरबाट प्रशिक्षण  प्राप्त कलाकारहरुको प्रस्तुति गरिने भेलाले निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्न प्रतिष्ठानका सल्लाहकार बुद्धिमान गुरुङधम्पु संयोजक संयोकत्वमा एक समिति समेत गठन गरिएको छ । प्रतिष्ठानका अध्यक्ष झम गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा प्रतिष्ठानका संस्थापक सदस्य सल्लाहकारहरु र आजिवन सदस्यहरुको उपस्थिती रहेको थियो ।

भेलामा प्रतिष्ठानका सल्लाहकार तेजबहादुर तमु बुद्धिमान तमु शेरबहादुर तमु चिजकाजी तमु श्रीजंग तमु हरिप्रसाद तमु चित्रबहादुर तमु लगायतले मन्तव्य राखेका थिए ।

हुम तमु\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %