प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत गरेर आएको लगानी प्रर्वदन तथा लगानी सम्झौता (विपा)को एमाओवादीकै एक समूहले विरोध गरिरहेको बेला प्रमुख प्रतिपक्षले भने स्वागत गर्ने भएको छ । व्यवस्थापिका संसदको कार्तिक ७ गतेको वैठकमा पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेस नेता डा. रामशरण महतले काँग्रेस विपा सम्झौताको विपक्षमा नरहेको बताएका हुन । यो सम्झौता प्रधानमन्त्रीले भने जस्तो पारसमणि नभई सामान्य सम्झौता भएको महतको आरोप थियो ।
प्रधानमन्त्री भट्टराईलाई सामान्य सम्झौता गरेर फर्के पनि आफूले जुवा खेलेको भनेर गर्व गर्नु अस्भाविक भएको महतको भनाई छ । भारतीय विस्तारवादको विरोध गर्ने एमाओवादीकै प्रधानमन्त्रीले विकासका लागि भारतलाई लगानी गर्न आग्रह गर्नु माओवादीमा वैचारिक स्थखलनको प्रमाण भएको महतले बताए ।
एमाओवादी उपाध्यक्ष मोहन वैद्य समूह, नेकपा एमाले लगायतले भने विपाको कडा आलोचना गर्दै आएको छ ।
