ज्याकी चेन र साहरुख खान लुम्बिनी भ्रमण वर्ष दुत

Read Time:1 Minute, 35 Second

भारतीय कलाकारद्वय रेखा र साहरुख खानलाई लुम्बिनी भ्रमण वर्ष २०१२ को मानार्थ दुत बनाउन प्रस्ताव गरिएको छ । संस्कृति मन्त्री गोपाल किरातीले कार्तिक ७ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुबै कलाकारसँग सहमतिका लागि अनुरोध गरिसकेको जानकारी समेत दिए ।

‘एक पटक लुम्बिनी जाउँ’ भन्ने नारा तय गरिएको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन अन्य मानार्थ दूतहरुमा आनी छोईङ डोल्मा, ज्याकी चेन, जु दङयू, टोनी लङ्क, कुनहिङ सुधारत र श्रीलङ्काका सभामुख रहेका छन् ।

लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सफल बनाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको संरक्षकत्व तथा संस्कृति मन्त्री  किरातीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

यसैगरी भ्रमणवर्षका कार्यक्रमलाई सफल बनाउन १३ सदस्यीय राष्ट्रिय सचिवालय समिति समेत गठन भएको छ । सचिवालयको सहसंयोजकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष साङबो शेर्पा र सदस्यहरुमा सभासद लक्की शेर्पा, सचिव दिनेशहरि अधिकारी र उद्योगपति सुरज बैद्य रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %