म्याग्दीमा नेकपा एकिकृत छाडेर जनमुक्ति प्रवेश

Read Time:1 Minute, 42 Second

म्याग्दीमा डम्बर पुन लगायतको एक समूह नेकपा एकिकृत त्यागेर राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीको म्याग्दी जिल्ला कार्यालयमा एक कार्यक्रमका वीच नवप्रवेशीले जनमुक्ति पार्टीको सदस्यता ग्रहण गरेका हुन ।

देश व्यापी रुपमा भाका अभियान सन्चालन गरेपछि जनमुक्तिमा विभिन्न पार्टीबाट हजारौं हजार कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको संघीय परिषदका वैकल्पिक सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज होमलाल पुनले जानकारी दिएका छन् । एमाओवादी काँग्रेस एमाले मधेशवादी केन्द्रित दलका नेता तथा कार्यकर्ताहरु जनमुक्तिमा प्रवेश गर्ने लहर शुरु भएको पुनको भनाई छ ।

यसैवीच म्याग्दीको दरबाङ्ग गाविसमा राजमुपाको प्रारम्भिक समिति गठन भएको छ । अनिल रोकाको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष गीता बुढा, सचिव वीरेन्द्र पुन, सहसचिव लिलाराम पुन र कोषाध्यक्षमा रविना पुन चयन भएका छन् । यसैगरी सदस्यहरुमा तारामान रोका, चेतनारायण फगामी, दीपेश पुन, नेत्र गुरुङ्ग, शेरबहादुर पुन, दिनेश पुन र भीमकुमारी रोका रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %