मिडियाले मधेशीलाई हेपेकोमा गुनासो

Read Time:3 Minute, 48 Second

कार्यक्रममा महासंघका सचिव जगत नेपालकोषाध्यक्ष शितल साहकेन्द्रीय सदस्य दीपक पाण्डेबालकृष्ण वस्नेतपत्रकारहरु राकेश मिश्रहृदयकान्त झाबिणा सिन्हाभाउचप्रसाद यादव लगायतका पत्रकारहरुले आफ्ना टिप्पणी राखेका थिए ।
महासंघका महासचिव ओम शर्माले नेपालको तस्विर जस्तै मिडियो आफ्नो समाचारकक्षलाई समावेशी बनाउनुपर्ने बताए । अध्यक्ष शिव गाउँलेले मधेशका मुद्दा जस्तै अन्य पिछिडिएका समाजकाका विषय वस्तुले मिडियामा यथोचित स्थान नपाइरहको भन्दै मिडियाहरु त्यस तर्फ गम्भीर हुनुपर्ने बताए । उनले मधेशको पीडा र समस्या बुझेर पत्रकारिता गर्न सुझाव दिए । उनले प्रेससंग जोडिएका गुनासाहरुका विषयमा महासंघले आफ्नो भूमिका खेल्ने बताए । 
पत्रकार बालकृष्णप्रसादले समावेशीका कुरा नारामा मात्र सिमित भएको भन्दै वर्षौ यस्ता विषयमा बहस भएपनि न्यूज रुम र डेस्क समावेशी हुन नसकेको बताए । महासंघले मिडिया क्षेत्रलाई समावेशी बनाउन ठोस पहल गर्नुपर्ने पत्रकार मनोज भामुक्तिुको सुझाव थियो । संचारकर्मी विजय वर्माले महासंघ र अन्य संचारका निकाय लाई पनि थप समावेशी बनाउन नयाँ खाका बनाइनुपर्ने उल्लेख गरे । पत्रकार प्रविण प्रतिकले मधेशी पत्रकारलाई सक्षम बनाउन महासंघले कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए ।  वक्ताहरुले राष्ट्रिय भनाउँदा संचारमाध्यमहरुले आफूलाई राष्ट्रिय ढंगबाट प्रस्तुत गर्न नसकेकेा बताएका थिए । ‘१६ पेज निकाल्ने पत्रपत्रिकामा आधी पेज पनि मधेशलाई दिइएको हुँदैनटिभी\रेडियोको हालत पनि त्यही छ ती कसरी राष्ट्रिय मिडिया हुनसक्छन्’ पत्रकार राजेश अहिराजले भने ।  मिडियामा मधेशका सकारात्मक विषयले थोरै र नकारात्मक विषयले ठूलो स्थान पाउने गरेको आरोप लगाए । मधेश समितिका संयोजक तथा महासंघका केन्द्रीय सदस्य राजेश मिश्रले राष्ट्रिय मिडियाप्रति मधेशको असन्तुष्टि र अविश्वास रहेकाले त्यसलाई कम गर्न मिडियाकर्मी लाग्नुपर्ने बताए ।  मधेशलाई भावनात्मक ढंगले जोड्ने भूमिका मिडियाले निर्वाह गनुपर्ने उनको भनाई थियो । 
नेपाली राष्ट्रिय मिडियामा मधेशका मुद्दाले यथोचित स्थान नपाइरहेकोप्रति मधेश मूलका पत्रकारहरुले असन्तुष्टि पोखेका छन् । नेपाल पत्रकार महासंघको मधेश समितिले कार्तिक ४ गते महासंघमा आयोजना गरेको ‘पत्रकारितामा मधेशका मुद्दा’ विषयक अन्तकिर्रयाका वक्ताहरुले यस्तो धारणा राखेका हुन । उनीहरुले न्यूज रुम र पत्रिकामा आउने विषय वस्तु समावेशी हुन नसकेको बताएका छन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %