नेपाल सम्वत्लाई सरकारी कामकाजमा प्रयोग गर्न माग गरिएको छ । राष्ट्रिय विभूति शङ्खधर प्रतिष्ठानद्वारा कार्तिक ३ गते आयोजित पत्रकार सम्मेलनमा नेपाल सम्वत् देशको ऐतिहासिक मौलिक एवम् राष्ट्रिय सम्वत् भएको भन्दै सरकारी कामकाजमा प्रयोग गर्न माग गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले सरकारले नेपाल सम्बत्लाई तत्काल मान्यता दिएर सरकारी कामकाजमा ल्याउन माग गरे ।
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्रीकालमा २०६५ कात्तिक ७ गते नेपाल सम्व्तलाई राष्ट्रिय सम्वत् घोषणा गरिएको थियो ।
