जनजातिको नाममा खुलेका केहि पार्टी पनि कमल थापाको बाटोमा

Read Time:1 Minute, 53 Second

आदिवासी जनजातिको नाममा खुलेका केही राजनीतिक पार्टी  समेत कमल थापाकै भाषामा संविधानसभाको विरोधमा उत्रेका छन् । आफूलाई जनजाति नेता भन्न रुचाउने लक्ष्मण थारुको थरुहट तराई पार्टी नेपाल, नेपाल देशभक्त पार्टी, तमुवान् राष्ट्रिय परिषद्, राष्ट्रिय तामाङ एकता मच, खसान राष्ट्रिय परिषद् र नेपाल देशभक्त राष्ट्रिय युवा बलले चितवनको भरतपुरमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर  एक मात्र निर्वाचित निकाय संविधानसभाको विघटनको माग गरेको हो ।

संविधानसभामा रहेका ६०१ मध्ये कमल थापा नेतृत्वको राप्रपा नेपालका ४ सभासद वाहेक सबै संविधानसभाबाटै नयाँ संविधान निर्माण हुनुपर्ने अडानमा छन् । पत्रकार सम्मेलनमा  थरुहट तराई पार्टीका अध्यक्ष थारुले संविधानसभाको समय तीन पटकसम्म थप गर्दा समेत संविधान निर्माण हुन नसकेको भन्दै सर्वपक्षीय सर्वदलीय र  सर्वजातीय गोलमेच सम्मेलनको माग गरे । थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारु भएपनि यो पार्टीको खास हर्ताकर्ता शाहीकालीन मन्त्री गोपाल दहित हुन ।

अहिलेसम्मकै सबैभन्दा समावेशी जननिर्वाचित निकाय संविधानसभालाई राजवादी र दक्षिणपन्थीले वाहेक तत्काल विघटनको माग गरेका छैनन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %