प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको चारदिने औपचारिक भ्रमणका लागि नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् । उनी ३७ सदस्यीय टोलीको नेतृत्व गर्दै कार्तिक ३ गते मध्यान्ह नयाँदिल्ली प्रस्थान गरेका हुन ।
भारत जानेक्रममा प्रधानमन्त्री भट्टराईले सदभावना भ्रमण मात्रै भएको र यसबाट दुई देशवीचको सम्बन्ध सुमधुर बनाउन आफूले सक्दो कोशिस गर्ने बताए । प्रधानमन्त्री डा. भट्टराईको बिदाइका लागि विमानस्थलमा सभामुख सुवास नेम्बाङ उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदार लगायत उपस्थित थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री डा. भट्टराईले भारतका राष्ट्रपति प्रतिभा पाटिल प्रधानमन्त्री डा मनमोहन िसंहलगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री भ्रमण सकेर कार्तिक ६ गते स्वदेश फर्कने क्रार्यक्रम रहेको छ ।
