लिगलिगकोटको राजा हुनका लागि विजय दशमीमा दौड हुने गर्दथ्यो । उक्त दौडमा जो पहिले लिगलिग कोटमा दौडेर पुग्थ्यो उही नै एक वर्षको लागि राजा हुने चलन थियो । जस अनुसार प्राय मगरहरु राजा हुने गर्थे । सोही परम्परा अनुसार विजया दशमीको दिनको उक्त दौडको तयारीको क्रममा जुटेका मगरहरु भुसुण्डेखोलाको शिवालय मन्दिरमा भेला भई मासु रक्शी खाई मातेर मसलमा तेल लगाई मालिस गरी रहेका अवसर छोपी खड्का मगर राजाका भाई भारदारलॆ लमजुङबाट द्रव्य शाहलाई छोप्राक गाउँमा ल्याई राखी हर्मी भाज्याङ आँप पिपल हुँदै लिगलिग कोट गद्दीमा राखी कटुवालद्वारा उर्दी गर्न लगाई विजय भएको घोषणा गरेको किम्वदन्ती छ । भीमनीधि तिवारीको शिलान्यास नाटकमा चेपेर मस्र्याङ्दी नदीको दोभानमा भेला भई दौड छेड्ने र सो दौडमा द्रव्य शाह पनि सहभागी भएको र उनले दौड जितेकोले उनी राजा भइको भनी उल्लेख गरिएको अड्कलबाजी भइको हुनु पर्दछ ।
गेहेन्द्र राना
नेपालको एकिकरणको शुरुवात गोरखा जिल्लाको आँप पिपल गाविस वडा नं। ४ पर्ने लिगलिगकोटबाट भएको इतिहास छ । चौबिसे राजा रजौटाहरुको शासनकालमा गोरखाको उपल्लो कोटमा राज्य गर्ने खड्का राजाका भाइ भारदार र मन्त्रीहरु लमजुङका यशोब्रम्हा शाहका कान्छा छोरा राजकुमार द्रव्य शाहसँग सरसल्लाह गर्नका लागि लमजुङ गए । भारदारहरुले लमजुङमा द्रव्य शाहलाई भेटेर गोरखा उपल्लो कोट हान्नका लागि सर्वप्रथम लिगलिग कोट हान्नु पर्छ भन्ने बारेमा सुनियोजित षड्यन्त्र गरे ।
त्यसबेला लिगलिगकोटको राजा हुनका लागि विजय दशमीमा दौड हुने गर्दथ्यो । उक्त दौडमा जो पहिले लिगलिग कोटमा दौडेर पुग्थ्यो उही नै एक वर्षको लागि राजा हुने चलन थियो । जस अनुसार प्राय मगरहरु राजा हुने गर्थे । सोही परम्परा अनुसार विजया दशमीको दिनको उक्त दौडको तयारीको क्रममा जुटेका मगरहरु भुसुण्डेखोलाको शिवालय मन्दिरमा भेला भई मासु रक्शी खाई मातेर मसलमा तेल लगाई मालिस गरी रहेका अवसर छोपी खड्का मगर राजाका भाई भारदारलॆ लमजुङबाट द्रव्य शाहलाई छोप्राक गाउँमा ल्याई राखी हर्मी भाज्याङ आँप पिपल हुँदै लिगलिग कोट गद्दीमा राखी कटुवालद्वारा उर्दी गर्न लगाई विजय भएको घोषणा गरेको किम्वदन्ती छ ।
भीमनीधि तिवारीको शिलान्यास नाटकमा चेपेर मस्र्याङ्दी नदीको दोभानमा भेला भई दौड छेड्ने र सो दौडमा द्रव्य शाह पनि सहभागी भएको र उनले दौड जितेकोले उनी राजा भइको भनी उल्लेख गरिएको अड्कलबाजी भइको हुनु पर्दछ । लिगलिगकोटलाई सातसय लिगलिग पनि भन्ने गरिन्थ्यो । यसको अर्थ त्यसबेला लिगलिग कोट अन्तर्गत सातसय घरधुरी भए भन्न अनुमान गरिएको छ । उक्त कुरालाई आधार मानेर पछिसम्म पनि लिगलिगलाई एउटा मौजा प्रशासनिक इकाइ को रुपमा लिएको कुरा बाली र सेर्मा तिर्दा दिएको भरपाई रसीद मा मौजे लिगलिग भनी उल्लेख गरिएबाट पुष्टि हुन्छ । सातसय लिगलिगकोट अन्तर्गत आँप पिपल हर्मी खोप्लाङ छोप्राक र पालनटार गरि पाँच गाविस पर्दछन् ।
सभा चौतारी
भाइभारदार र सामान्य जनताहरुलाई भेला गराई न्याय अन्यायको छानविन गरि फैसला गर्ने एउटा चौतारो भएको र उक्त चौतारोलाई सभा चौतारा मानिकएको किम्वदन्ती छ । जुन चौतारो अद्यापी आँप पिपल गाविस वडा नं। ३ बाहोरा गाउँमा पर्दछ ।
द्रव्य शाह पँधेरो
लिगलिगकोट दरबारको दक्षिणतिर लगभग आधा घण्टाको दुरीमा एउटा कुवा छ । जसमा बाह्रै महिना पानी हुन्छ । द्रव्य शाहले उक्त कुवामा गई नुहाउने गरेकाले द्रव्या पानी दर्खे पानी भनिएको पनि बुढापाकाको भनाई पाइन्छ । हालसम्म पनि यो पँधेरालाई द्रव्या पानी नामले नै चिनिन्छ ।
धोवी धारा
द्रव्य शाहका लत्ताकपडाहरु धोवीले यसै पँधेरामा धुने गर्दथे र त्यसैले गर्दा यस पँधेरालाई धोवी धारा भनिन्थ्यो । यद्यपि यो पँधेरो धोवी धाराको नामले परिचित छ ।
फूलपाती
दशैंको सप्तमी तिथिमा अर्थात फूलपातीको अघिल्लो दिनमा कन्या केटाहरु गई चोखो बसी पालुङटाबाट कास पलास बेलपत्र आदि जस्ता फूलपाती टिपी ल्याई जमघट गरि फूलपाती भित्र्याउने तयारी गर्ने काम यसै ठाउँमा हुने गर्दथ्यो । यसै कारण यस ठाउँलाई फूलपाती डाँडा भनिने गरिएको हो । यो स्थान द्रव्य पानी पँधेरोको ठिक माथि पर्दछ ।
कटुवाल चौतारो
पहिले पहिले नेपालमा रेडियो टेलिभिजन जस्ता श्रव्य दृष्य सामाग्रीको विकास हुनु भन्दा अघि जनतालाई सुसूचित गराउनु पर्दा वा केही कुराका जानकारी दिनु पर्दा वा उर्दी सुनाउनु पर्दा कटुवालले कुनै निश्चित तोकिएको ठाउँमा गई सुनाउनु पर्दथ्यो । द्रव्य शाहका राज्यकालमा पनि उनले आफ्नो जनतालाई कुनै उर्दी सुनाउनु पर्दा कटुवालद्वारा एउटा चौतारोबाट सुनाउने गर्दथे । त्यस चौतारोलाई कटुवाल चौतारो भनिन्थ्यो र अहिलेसम्म पनि प्रचलित छ ।
फूलपाती पस्रने मैदान
दशैको सप्तमीको दिनमा फूलपातेहरुले पालुङटारबाट ल्याएको फूलतातीहरु मैदान स्थित भीमसेन स्थानमा ल्याई कालिकाको मन्दिरमा उपासह उपासे बस्नेहरुले बाजागाजा र मालश्री गायनका साथमा पसे्रर स्तोत्र पाठका साथमा अक्षतापाती छर्ने काम गरेर कोट कालिका मन्दिरमा बाजागाजाकै साथमा लगि भित्र्याउने र दशमीका दिन साँझ उक्त फूलपाती शुक्र ग्रहको स्थिति हेरी उक्त ग्रहलाई छली पूर्वमा खाल्टेपानीको पँधेरो र पश्चिममा रुसेपानीको पँधेरामा बाजागाजाका साथ लगी सेलाउने चलन थियो ।
नाई बारी
द्रव्य शाहको दारी कपाल काट्ने नाईहरु बस्ने ठाउँलाई नाई बारी भन्ने गरिन्छ । जुन ठाउँ बोहोरा गाउँको माथिल्लो पँधेरो नजिक पर्दछ ।
लिगलिगकोट गुठी
द्रव्य शाहको राज्यकालदेखि नै निरन्तर रुपले चल्दै आएको एउटा लिगलिगकोट गुठी थियो । जसमा सयौं मुरी खेल सयौं रोपनी पाखोबारी र रै रकम थिए । उक्त गुठीका मोहीहरुलाई रैताने लालपूर्जा वितरण गरि रैकर अर्थात आँठो सरहको बाली तिरो लिने र मोहीहरुबाट उचित मुआब्जा लिई सो रकम बैंकमा जम्मा गरेर सो बाट प्राप्त हुन आउने व्याज आम्दानीबाट निर्यात रुपले पूजा साचालन गर्ने भनी तत्कालिन सरकार मन्त्री परिषदले निर्णय गरेको व्यहोरा जानकारीमा आएको हो । तर यसरी निर्णय भएको भएतापनि सो निर्णय अनुरुप कारवाही भई आजसम्म कुनै पनि आम्दानीले पूजा साचालन हुन सकेको छैन । अतः आर्थिक अभावका कारण प्रातकालिन तथा सन्ध्याकालिन पूजाआजा समेत चल्न सकेको छैन । यसले गर्दा परम्परा नै लोप हुँदै गएको भान हुन्छ । यति हुँदाहुँदै पनि बडा दशैं र चैतदशैमा भने लिगलिग कोट वडा नं। २ मैवल र वडा नं। ४ लिगलिग खोल्लीका जनताहरुले लिगलिग कोट विकास अभियान संस्था दर्ता गरि आपसमा चन्दा संकलन गरि श्री कालिका र भुमेका यथावत पूजाआजा आराधना र नासानगराका साथ कर्णाल ध्वनी साचालन गर्दै आएका छन् ।
लिगलिगकोट ऐतिहासिक पर्यटकीय पुरातात्विक साथै धार्मिक स्थल भए पनि ओझेलमा परेको छ । यसको संरक्षण र सम्वद्र्धन तथा पुनः निर्माण तर्फ कसैको पनि ध्यान पुग्न सकेको छैन ।
लिगलिगकोट दरबार द्रव्य शाहको दरवार वरिपरि श्री कालिका माई भूमे भीमसेन तथा द्रव्य देवीको स्थान रहेका छन् ।
यसका साथै त्यस ठाउँमा लहरै पाँचवटा गढीहरु अवस्थित छन् । जस मध्ये सबैभन्दा माथि मुलकोट अर्थात द्रव्य शाहको दरबार छ । जहाँ भारदारहरुको बैठक बस्ने कोठा र नियति पूजा गर्ने कोठा प्रष्ट देख्न सकिन्छ । तर अरु कोठा भने भग्नावशेस अवस्थामा छन् ।
लिगलिग कोट गुठी अन्तर्गत निम्न कामदारहरुको व्यवस्था गरिएको थियो ।
पुरोहित ब्राम्हण ःबडा दशैं चैतेदशै तथा अन्य समय समयमा पाठ पूजा आदि गर्ने गराउने
पुजारी ःसाँझा विहान नित्य पूजा अर्चना गर्ने
बानादारहरु
रासा बजाउने दमाई
कर्णाल बजाउने दमाई
नगरा बजाउने दमाई
सार्कीनगरा मोहोर्ने
कामीहतियारहरुमा सान लगाउने
कटुवालमुखियाको आदेश अनुसार उर्दी लगाउने ।
उपरोक्त कामदारहरु सबैका लागि तोकिएका कान्गी खेत थिए । कामदारहरुको खान्गी बाहेक अक्षेता गुठी उपासे खान्गी र उपासे बस्ताका अवधिका लागि खर्च भनि तोकिएको गुठी खेतहरु पनि थिए । नगद भेटी ध्वजा पताका सिन्दूर सुपारी तथा पूजा सामाग्री खरीदका लागि आवश्यक रकम लिगलिग कोट पूर्वी भेग खोल्ली तर्फ बिजुली थोक र पश्चिम भेग मैवल तर्फ पपनेथोक दुई तर्फबाट पाखो सेर्मा उठाई चलाइन्थ्यो । उपरोक्त सबै कामदारको खटनपटन दशै तथा नित्य पूजाको निरीक्षण तथा रेखदेख बिजुलीथोकका मुखियाद्वारा गर्ने गरिन्थ्यो ।
बडादशैमा घटस्थापनाका दिनदेखि विजया दशमीको दिनसम्म एक जना मगर माथिल्लो कोट वा द्रव्य शाहका दरवारमा र एक जना ठकुरी वा ब्राम्हण श्री कालिकाको मन्दिर छेऊ उपासे बस्ने गर्दथे ।
षष्ठिका दिन बेलुका कटुवालका साथ दुई जना मगर दुई जना ठकुरी पालुङटार गई बेलको फेदमा पूजा गरि सप्तमीका दिनमा विहान चेपे र मस्र्याङ्दीको दोभानमा गई स्नान गरि धोती फेरी नाङ्गो खुकुरी हातमा लिई फूलपाती जम्मा गरि फूलपाती डाँडामा लिएर आउँछन् । उक्त पूलपातीलाई त्यही डोलीमा राखी इउटा डोली ठकुरीको जोडी र अर्को डोली मगर जोडीले बोकी भीमसेन स्थान मैदानमा आउँछन् र त्यही उपासेहरुले बाजागाजाका साथ पसे्रर माथि कोटमा ल्याई भित्र्याउँछन् । नव रात्रीको पूजामा विहान तीन÷चार बजे नगरा कर्णाल र नासा बजाइन्छ । अष्ठमीको रातमा कालारात्री गरिन्छ । नवमीका दिनमा राँगा बोकाको बली चढाइन्छ । दशमीका दिन कोट मामलियतको मुखियाले टिका दिई बिसर्जन गर्ने परम्परा छ ।
हाल स्थानीय जनताहरुले यो लिगलिगकोट ऐतिहासिक पर्यटकीय पुरातात्विक धार्मिक स्थल भएकोले यसको विकास संरक्षण सम्बद्र्धनका साथै पर्यटनको विकासको लागि बिशेष ध्यानमा राखी त्यसको पूर्वाधारलाई समेत ओगटेर लाने कुराको लागि लिगलिगकोट नामक संस्था दर्ता गरेको छ ।
(राना, लिगलिगकोट विकास अभियानका अध्यक्ष हुन ।)