उप्रेती समाज सेवा समितिका उपाध्यक्ष डा. धर्मराज उप्रेतीले अधिकारका लागि मुलुकका ७५ वटा जिल्ला र विदेशमा रहेका सबै उप्रेतीहरुलाई एकजुट हुन आव्हान गरेका छन् । समितिले असोज २८ गते राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उप्रेतीले क्षेत्री वाहुनको पहिचान संकटमा पर्दै गएकाले एकजुट हुन आव्हान गरेको बताए ।
सामाजिक, राजनीतिक, शैक्षिक तथा सांस्कृतिक पहिचान बचाउन देश विदेशका उप्रेतीहरु एकतावघ भएर संघर्षमा जानुपर्ने उपाध्यक्ष उप्रेतीको भनाई छ ।
यसैवीच, उप्रेती समाज सेवा समितिले २०६७ सालको एलएलसी परीक्षामा आफ्नो थर मध्येबाट सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा एन्जेला उप्रेतीलाई सम्मान गरेको छ । एन्जेलालाई सम्मान सहित रु १० हजार पुरस्कार प्रदान गरिएको हो । काठमाडौँस्थित ग्यालेक्सी स्कुलमा अध्ययनरत एन्जेला उप्रेतीले ९१.२५ प्रतिशत अङ्क ल्याएकी थिइन् ।
