यसवर्षको ल्हो, तमु धिँको संगठन विस्तारमा केन्द्रित

Read Time:3 Minute, 4 Second

तमु जातिको सामाजिक संस्था तमु धिँ नेपालले आउदो ल्होलाई संगठन विस्तारको वर्षको रुपमा अगाडि बढाउने भएको छ । तमु धिँ नेपालको असोज २८ गते आफ्नै सभाहलमा सम्पन्न २७ औं वार्षिक साधरणसभाले यस्तो निर्णय गरेको हो ।

ल्होलाई संगठन विस्तार ल्हो तमुवान प्रदेश स्थापना महिला-युवा शसक्तिकरण पुँजी विदेश पलायनलाई रोक्न विविध कार्यक्रम गर्ने जस्ता निर्णय पनि साधरणसभाले गरेको छ । तमु धिँ  नेपालका महासचिव देविराज तमुद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा आगामी कार्यक्रमलाई साधारणसभामा सहभागी सदस्यहरुले सर्वसम्मतले पारित गरेका हुन । साधारणसभामा तमु धिँका सहकोषाध्यक्ष सुवेदार श्रीप्रसाद तमुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमुले आउदो ल्होछार पोखरेली तमुहरुले एकै थलोमा मनाउन तमु धिँ  लाई पहल गर्न आग्रह गरेका थिए । उनले तमु जातिको नामको पछाडि थर गुरुङ नभई तमु नै लेख्नु पर्नेमा जोड दिए ।

बौद्ध अर्घौ सदनका अध्यक्ष क्याप्टेन मनबहादुर तमुले तमुहरुको एकताबाटै अधिकार प्राप्ति हुने र त्यसको पहल तमु धिँले गर्नुपर्ने धारणा राखे । साधारणसभामा एनआरएन युरोपका डेपुटी कोअर्डिनेटर लक्ष्यबहादुर तमुले राष्ट्रियताको पक्षमा नै आफुहरुले दोहोरो नागरिकताको माग राखेको प्रष्ट पार्नुहुदै तमु समुदायले राष्ट्रलाई स्वदेश र विदेश दुवै ठाँउबाट योगदान दिएको चर्चा गरे ।

तमु धिँ नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि समाजसेवी कान्ता गुरुङ दीप प्रज्जलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा तमु धिँ  नेपालका द्धितिय उपाध्यक्ष अनिता तमु, सरस्वती तमु, मैना तमु लगायतले मन्तव्य व्यक्त गरेका थिए भने तमु विद्यार्थी समितिका अध्यक्ष भरतमान तमुले तमु धिँ  नेपाल मिस तमु धिँ  २०११ सफल पार्न सबैसँग आग्रह गरे । कार्यक्रममा भ्वाइस अफ पोखराको फाइनलमा प्रवेश गर्नुभएको सोनाम गुरुङ गीत प्रस्तुत गर्दै भोट गरिदिन आग्रह गरेका थिए ।

हुम तमु\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %