कम्युनिष्ट देशहरुको अन्तरकुन्तर खोतल्दा

Read Time:1 Minute, 54 Second

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले कम्युनिष्ट दर्शन पतनन्मुख भएको बताएका छन् । सो पार्टीको केन्द्रिय प्रशिक्षण विभागको आयोजना तथा केन्द्रिय सचिवालयको संयोजनमा असोज २५ गते आयोजित प्रशिक्षण कार्यक्रममा थापाले सन् १९७५ यता संसारमा कँहि पनि कम्युनिष्टहरुले सत्ता लिन नसकेको उल्लेख गरे । कम्युनिष्टमा हुनुपर्ने सम्पूर्ण कुरा त्यागेका नाम मात्रैका केही कम्युनिष्ट पार्टी भने शीत युद्धयता पनि सरकारमा पुगेको उनको भनाई थियो ।

प्रशिक्षणमा सहभागी एक नेताले राज्यसत्ता डटकमलाई दिएको जानकारी अनुसार अध्यक्ष थापाले रसिया, चीन, भियटनाम, क्यूबा, लाओस, इथोपिया, अंगोला, क्याम्बोडिया, चिली, इन्डोनेसिया लगायतका देशमा कम्युनिष्ट पार्टीहरुको उत्थान र पतनबारे विस्तृत प्रशिक्षण दिएका थिए । नेपालको समस्या जातीय भएको र कम्युनिष्टहरुले वर्गीय भनेर जनतालाई भ्रममा पार्दा मुलुकले प्रगति गर्न नसकेको उनको भनाई थियो ।

ललितपुरस्थित पार्टी मुख्यालयमा संचालित प्रशिक्षण कार्यक्रम प्रशिक्षण विभाग प्रमुख रत्न रानाले सन्चालन गरेका थिए । प्रशिक्षणमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, संगठन सचिव, संघीय परिषद सदस्य लगायतको सहभागीता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %