सप्तरीको कोचाभखारी-७ निवासी ६० वर्षीय कैलु राम नयाँ संविधान खोज्न लालटिन बालेर राजविराजबाट काठमाडौंको पैदल यात्रा शुरु गरेका छन् । एमाओवादी नेतृत्वको सरकारको डेढ महिने म्याद सकिएका बेला संविधानको खोजीमा लागेका हुन ।
कैलु राम एउटा हातमा नेपालको झण्डा र अर्को हातमा लालटिन प्रज्वलन गरेर असोज २४ गते छिन्नमस्ता शक्तिपीठबाट पैदल हिँडेर सदरमुकाम राजविराज आईपुगेका थिए ।
नेताहरुले जानी जानी संविधान नबनाएकाले खबरदारी गर्न आफूले आन्दोलन थालेको कैलु रामले बताए ।
