गैरआवासीय नेपालीको विश्व सम्मेलन शुरु

Read Time:2 Minute, 12 Second

गैरआवासीय नेपाली संघ एनआरएनको पाँचौ विश्व सम्मेलन काठमाडौंमा शुरु भएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले भद्रकालीस्थित आर्मी अफिसस्र क्लबमा असोज २५ गतेसम्मेलनको उदघाटन गरेका हुन ।

प्रधानमन्त्री भट्टराईले नेपालमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरे । आफ्नो नेतृत्वको सरकारले शान्ति र संविधानलाई प्राथमिकतामा राखेको तथा छिट्टै सहमति कायम हुने उनको भनाई थियो ।

चार सय अमेरिकी डलर भएको नेपालीको प्रतिव्यक्ति आयलाई कम्तिमा तीन हजार बनाउनु पर्ने प्रधानमन्त्री भट्टराईको भनाई थियो । सन् २०१२\०१३ लाई नेपाली लगानी वर्ष घोषणा गर्ने तयारी भईरहेको समेत उनले कार्यक्रममा जानकारी दिए ।

संघका अध्यक्ष देवमान हिराचनले विदेशी नागरिकता लिए पनि नेपालको नागरिकता त्याग्नु नपर्ने व्यवस्था गर्न माग गरे । कार्यक्रममा अमेरिकी कँग्रेसका लागि उम्मेदवारी घोषणा गरेका दर्शन रौनियर भास्करराज राजकर्णिकार लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

एदघाटन कार्यक्रमको अध्यक्ष उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।

तीन दिनसम्म सन्चालन हुने सम्मेलनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षमा देवमान हिराचन र जीवा लामिछाने, महासचिवमा विष्णुमाया परियार, एसिया प्यासिफिक कोअर्डिनेटरमा त्रिलोक गुरुङ्गले उम्मेदवारी घोषणा गरेका छन् । सम्मेलनमा ५७ देशका करिब ८०० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %