नवदुर्गा देवगणलाई खःमेथ(राँगा)को रगत चढाएपछि मात्र हिन्दुहरुको दशैं सम्पन्न भएको छ । सो रगत टीकाकॊ दिन महिषासुर दैत्यको प्रतीकका रुपमा खःमेथ(राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको हो । खःमेयको बध गरी ब्रम्हायणीलगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा माटोको घ्याम्पो मा जम्मा गरिन्छ ।
रगत चढाएरपछि दशैं सम्पन्न
Read Time:36 Second
